ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१७ जुन, २०१८
काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार संसदको बैठकमा संबोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुःखेसो पोख्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जल ट्वीटरमा दुःखसेको पोख्दै अहिलेको अवस्थामा विवादित बनेको गुठी विधेयक तथा आफूले हालै गरेको युरोप भ्रमणको विषयमा आजको बैठकमा जानकारी गराउने कार्यक्रम रहेकोमा त्यसो हुन नसकेमो दुःख लागेको उल्लेख गर्नुभएको छ ।

आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बोल्ने पालो आएपनि प्रधानमन्त्री ओलीले विशेष समय लिएर आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर देउवाले बोल्ने पालो नपाएपछि आक्रोशित काँग्रेसका सांसदहरुले संसदको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि संसदको बैठक आजको लागि स्थगित भएको थियो ।

ट्वीटरमा प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ– ‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अबरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाइन,’ ‘यस घटनाबाट म दुःखी भएको छु।’आज बिहानको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले बोल्न लाग्दा काँग्रेसका सांसदहरुले संसद अवरुद्ध गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो

२०७७ असार ४ गते बिहिबार

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...

मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

२०७७ चैत्र ११ गते बुधबार

२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...

Top