Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार
२१ जनावरी, २०२१
काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको भ्याक्सिन (खोप) आज भारतबाट नेपाल आइपुगेको छ । भारत सरकारको अनुदान सहयोगमा नेपाललाई उपलब्ध १० लाख थान खोप आज काठमाडौं आइपुगेको हो । नेपाल आइपुगेको खोपलाई अर्को सातादेखि प्रयोगमा ल्याउने तयारीमा सरकार जुटेको छ ।

भारतको अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा निर्माण तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लगाउँदा ७० प्रतिशत प्रभावकारी भएको भन्दै भारतले पनि गएको सातादेखि यो खोप आम नागरिकमा लगाउन शुरु गरिसकेको छ ।
सरकारले कोरोना विरुद्धको यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइमा खटिएका अस्पताल तथा महानगरका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा अन्य विभिन्न स्वास्थ्य स्वयंसेवीलगायतलाई लगाउन शुरु गर्ने जनाएको छ ।

आज मध्यान्ह एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको सो खोप भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...
काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ...
१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
Top