कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सो घटनामा परी ६ जना वेपत्ता भएका छन् भने ३१ जनाको कर्णाली नदीबाट जीवितै उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भारतमा रहेका मजदुरहरुलाई सिमा नाकाबाट जिल्लाको रासकोटतर्फ लिएर आउँदै गर्दै ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान लालीघाटबाट कर्णली नदीमा खसेको थियो ।

फाइल तस्वीर ।

कुल ३९ जना सवार सो टिप्पर अनियन्त्रित भै भीरबाट कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनास्थलबाट उद्दार गरिएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । भारतबाट आएका मजदुरहरुलाई लिएर सो टिप्पर रासकोटका लागि छुटेको थियो । ती मजदुरहरुलाई रासकोटमै रहेको क्वारेन्टाइनमा राख्ने योजना अनुसार उनीहरुलाई लिएर टिप्पर क्वारेन्टाइनतर्फ अघि बढ्ने क्रममा बीच बाटैमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जना अहिलेसम्म पनि कर्णाली नदीमै वेपत्ता भएको बताइएको छ । मृतक, घाइते तथा वेपत्ता हुनेहरुको नाम खुल्न सकेको छैन । घटनालगत्तै अहिले स्थानीय वासिन्दा र प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्दारमा जुटेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले… यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...

नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के

२०७७ असार २९ गते सोमबार

१३ जुलाई, २०२०काठमाडौं । नेपालमा एकैदिन १ हजार ७...

चीनबाट  १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा...

Top