Best Khabar Team | २०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका युवा युवतीको रहरको विषय मध्य एयर होस्टेस विषय आर्कषकको रुपमा हाल वढ्दो क्रेज रहेको छ । यस्तै नेपाल मा दजनौको संख्यामा यस्ता प्रशिक्षण दिने संस्थाहरु खुलेका छन भने अझै पनि खुल्ने तयारीमा पनि छन यस तालिम लागि जो सुकै १८ वर्ष पुगेका युवायुवतीहरुले तालिम लिन सक्नेछन भने शिक्षाको हकमा जागीर खानको लागि १२ पास गर्नु पर्ने छ ।
कमलादीस्थित नेपाल एयर होस्टेस एकाडमीमा हाल सयौंका संख्यामा विद्याथीहरु ४ महिनाको तालिम लिइरहेका छन ।
उनीहरु विभिन्न कलेजमा कक्षा १२को परिक्षा दिएर विभिन्न जिल्लाहरुवाट काठमाडौंमा तालिम लिन आएका छन । साथै यस्ता प्रशिक्षणमा प्रयोगात्मक शिक्षामा बढी जोड दिने भएकाले अध्ययनको लागि पनि सजिलो र रमाइलो हुने एकाडमीका सिइओ प्रदीपराज वन्त बताउँछन् । चार महिनाको अवधीमा उनीहरुलाई एयर होस्टेसले काम गर्नुपर्ने विषयको जानकारी,पौडी, शारीरिक तन्दुरुस्तको लागि व्यायाम ,आकास्मीक उपचार सम्वन्धी जानकारी ,पर्यटन सम्वन्धी शिक्षा र प्रत्यक्ष रुपमा पोखरा विमास्थलको अवलोकन र विमानमा कसरी यात्रुहरुलाई सेवा गर्ने भन्ने विषयमा पनि प्रत्यक्षरुपमा लगेर तालिम दिइने गरेको वताए ।
सुनसरीवाट तालिम लिन आएकी विमु लिम्बु एकाडमीमा दक्ष तथा अनुभवी शिक्षकहरु भएकाले हामीलाइ अध्ययन गर्न पनि सजिलो भएको वताइन । शिक्षक शिक्षिका पनि साथि जस्तै हुनु हुन्छ । उनले पढाइमात्र होइन प्राक्टीकल गर्दा सारै रमाइलो भइरहेको अनुभव सुनाईन् ।
यस तालिम संगै उनीहरुको १२ को रिजल्टमा उर्तीण भएमा नेपाल लगायत विभिन्न देशको विमान कम्पनीमा स्वयम एकाडमीको पहलमा जागीरको लागि आवेदन दिनको लागि सहयोग गरी हाल सम्म नेपाल लगायत राष्ट्रिय अन्तराष्ट्रिय विमान कम्पनीमा दजनौ विद्याथीले एयर होस्टेसको जागीर पनि खाइ रहेको सिइओ वन्तको भनाई छ ।
राम्रो लगाउने मिठो खाने तथा विश्वमा घुमफिर गर्न पाउने भएकाले साथै मासिक रुपमा राम्रो कमाइ हुने भएकोले पनि पछिल्ला वर्षहरुमा एयर होस्टेस पेशाप्रतिको क्रेज बढ्दै गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...
दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी...
६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...
Top