फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार


०७ अप्रिल २०२०
पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका कारण मानिसहरुको हताहतिको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्रै फ्रान्समा कोरोनाका कारण १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । कोरोना सम्बन्धी प्रत्यक्ष जानकारी अपडेट गर्ने वल्डोमिटर्स डटकमले मंगलबार स्थानीय समय अनुसार साँझ साढे ८ बजे जारी गरेको तथ्यांक अनुसार मंगलबारमात्रै थप ११ हजार ६९ जना कोरोनाका नयाँ विरामी भेटिएका छन् ।

सोमबार अर्थात् हिजो यही समयसम्म फ्रान्समा कोरोनाका कारण थप ८ सय ३३ जनाको ज्यान गएको थियो भने ५ हजार १ सय ७१ जना नयाँ विरामी भेटिएका थिए । फ्रान्समा यो समाचार तयार गर्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ । ती मध्ये ७ हजारभन्दा बढीको अवस्था गम्भीर छ । कोरोना संक्रमित तथा मृतकको संख्या बढ्दै गएपछि यहाँको सरकारले आम नागरिकहरुलाई घरभित्रै बस्न र सुरक्षाको लागि सरकारले गरेको आग्रहलाई अक्षरस पालन गर्न अनुरोध गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

लकडाउन जेठ ३२ सम्म लम्बियो लकडाउन जेठ ३२ सम्म लम्बियो

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...

हुम्लामा पनि जीप दुर्घटना,  सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

Top