फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार


०७ अप्रिल २०२०
पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका कारण मानिसहरुको हताहतिको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्रै फ्रान्समा कोरोनाका कारण १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । कोरोना सम्बन्धी प्रत्यक्ष जानकारी अपडेट गर्ने वल्डोमिटर्स डटकमले मंगलबार स्थानीय समय अनुसार साँझ साढे ८ बजे जारी गरेको तथ्यांक अनुसार मंगलबारमात्रै थप ११ हजार ६९ जना कोरोनाका नयाँ विरामी भेटिएका छन् ।

सोमबार अर्थात् हिजो यही समयसम्म फ्रान्समा कोरोनाका कारण थप ८ सय ३३ जनाको ज्यान गएको थियो भने ५ हजार १ सय ७१ जना नयाँ विरामी भेटिएका थिए । फ्रान्समा यो समाचार तयार गर्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ । ती मध्ये ७ हजारभन्दा बढीको अवस्था गम्भीर छ । कोरोना संक्रमित तथा मृतकको संख्या बढ्दै गएपछि यहाँको सरकारले आम नागरिकहरुलाई घरभित्रै बस्न र सुरक्षाको लागि सरकारले गरेको आग्रहलाई अक्षरस पालन गर्न अनुरोध गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...

भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

२०७७ असार २१ गते आइतबार

०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...

Top