६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार


गत कात्तिकमा पक्राउ परेका केशरीलाई सार्वजनिक गर्दै प्रहरी । फाइल तस्वीर

२७ फेब्रुअरी, २०२०
हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९ गते प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय युवकलाई जिल्ला अदालतले ८ वर्ष कैद सजायाँ सुनाएको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ नम्बर र मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार भारतको महाराजगञ्ज जिल्लाको अमरपूर्वन ६ बस्ने दिलीपराज केशरीलाई ८ वर्ष कैद र झण्डै डेढ करोड रुपैयाँ उपचार खर्च समेत भराउन निर्देशन दिएको हो ।

भारतीय युवक केसरीले ६ वर्षअघि हेटौडा उपमहानगर पालिका वडा नम्बर २ की २० वर्षीया विन्दावासिनी कंसाकार पसलमा बसिरहेका बेला अनुहारमा एसिड प्रहार गरेका थिए । केशरीलाई अदालतले एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । जिल्ला न्यायधीश कमलराज विष्टको इजलासले घटनामा सहयोग गर्ने अर्का अभियुक्त सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ ।

अदालतको यो आदेशसँगै मण्डल २ वर्ष ६ महिनाका लागि जेल जाने भएका छन् । मुख्य अभियुक्त केशरी भने घटनाको ६ वर्षपछि गत कात्तिकमा बाराको जितपुरबाट पक्राउ परेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन् पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...

उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’ उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...

Top