पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार


१५ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन झण्डै ७६ जना नयाँ कोरोना संक्रमित भेटिएपछि यहाँको सरकारले छिमेकी मुलुक स्पेनसँगको सिमा बन्द गर्ने तयारी गरेको छ । पोर्चुगल आउने अधिकांश पर्यटकहरु छिमेकी मुलुक स्पेनबाट आउने हुनाले स्पेनसँगको सिमा बन्द गर्न लागिएको हो । प्रधानमन्त्री एन्तोनियो कोस्ताले यो विषयमा भोलि बिहान सरोकारवालाहरु सँग सल्लाह गरेर निर्णय लिने बताएका छन् ।

हाल हजारौंको संख्यामा स्पेनिस नागरिकहरु छुट्टी मनाउनका लागि दैनिक पोर्चुगलका पर्यटकीय शहरहरु आउने गर्दछन् । यद्यपि पोर्चुगलका तीनवटै अन्र्तराष्ट्रिय विमानस्थलहरुले भने त्यति कडाई नगरेको गुनासो सामाजिक सञ्जालहरुमा देखिएका छन् । पोर्चुगलको राजधानी लिस्बोन, उत्तरमा रहेको पोर्तो र दक्षिणमा रहेको फारो विमानस्थलमा अहिले पनि विभिन्न देशबाट पर्यटक आउने गरेको र उनीहरुको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै नागरिकहरुले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

पोर्चुगलका दक्षिणी क्षेत्र अल्गार्भमा रहेका अधिकांश होटलहरुमा अहिले पनि पर्यटकहरुको चहलपहल देखिन्छ । पोर्चुगलको पूर्व, उत्तर र दक्षिणी सिमाना स्पेनसँग जोडिएको छ भने पश्चिमी सिमाना एटलान्टिक ओसनसँग जोडिएको छ । छिमेकी मुलक स्पेन पनि अहिले कोरोनाले नराम्ररी थला परेको छ । त्यहाँको सरकारले भोलिदेखि लागूहुने गरी विद्यालय, क्याम्पस, रेस्टुरेन्टलगायत तत्कालका लागि बन्द गर्ने घोषणा गर्दै आम नागरिकलाई घरभित्रै बस्नका लागि आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा  (फोटोफिचर) अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...

काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर

२०७६ मंशिर २३ गते सोमबार

म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...

Top