पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार


२२ मे, २०२०
इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान अवतरणको क्रममा बस्तीमा खस्दा विमानमा सवार ११ जनाको ज्यान गएको छ । सो विमानमा सवार चालक दलका ८ सदस्यसहित बाँकी ८८ जनामध्ये धेरैको अवस्था गम्भीर रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दएका छन् । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान अन्र्तराष्ट्रिय एयरलाईन्स (पिआइए) को सो विमान कराँचीको जिन्नाह विमानस्थलमा अवतरण हुन केही सेकेन्ड बाँकी हुँदा दुर्घटनामा परेको बताइएको छ ।

विमानमा चालकदलका ८ जना सदस्यसहित ९९ जना सवार रहेको अधिकारीहरुले बताएका छन् । इस्लामाबादबाट कराँचीका लागि चार्टर उडान भरेको सो विमान अवतरण गर्ने क्रममा दुबै इन्जिन फेल भएर स्थानीय एक बस्तीमा खसेको पाकिस्तानका समाचारमाध्यमहरुले जनाएका छन् । कोरोनाको संक्रमणकै बीच रुसको मस्कटबाट आएका घरेलु यात्रुहरुलाई लिएर सो विमान कराँची आउँदै थियो ।

कोरोनाको संक्रमणमा रहेकाहरुको लागि चार्टर उडान भरेको सो विमान कराँचीबाट दक्षिण भागमा रहेको घनाबस्तीको रुपमा परिचित मोर्डन कोलोनीमा खसेको थियो । विमान खसेलगत्तै भएको आगलागीमा परेर सबैको शरीरका भागहरु जलेको छ । स्थानीय समय अनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदा सो विमान दुर्घटनामा परेको बताइएको छ ।

विमानका चालकले विमान कन्टोल रुमलाई अन्तिम पटक विमानको दुबै इन्जिनले काम नगरेकोले विमानलाई आपतकालिन रुपमा अवतरण गर्नका लागि अनुमति मागेको अडियोहरु सार्वजनिक भएको छ । विमान बस्तीमा खसेपछि त्यस क्षेत्रमा रहेका केही घरहरुमा समेत आगो लागेको थियो ।

विमान दुर्घटना भएलगत्तै विमानस्थललगायत अन्य क्षेत्रमा रहेका दर्जनौ बारुणयन्त्रले विमानमा लागेको आगो निभाएका थिए । घाइतेहरुलाई कराँचीका विभिन्न अस्पतालमा उपचारर्थ भर्ना गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द

२०८१ पुष २४ गते बुधबार

०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न...

पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...

कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...

विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

२०७७ भाद्र १ गते सोमबार

१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...

Top