८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

Best Khabar Team | २०७६ माघ १९ गते आइतबार


०२ फेब्रुअरी, २०२०

नयाँदिल्ली । ८० वर्ष लामो आरोह र अवरोध छिचोल्दै अघि बढेको बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेशन)  अंतर्गतको हिन्दी रेडियो कार्यक्रमले गत शुक्रबार आफ्नो अन्तिम कार्यक्रम प्रशारण गरेको छ ।

पछिल्लो समयमा रेडियो सुन्ने श्रोताको संख्याभन्दा अनलाईन र अन्य विधाबाट समाचार तथा जनकारी लिनेको संख्या बढी भएपछि खर्च धान्नको लागि बीबीसी हिन्दीले अरबौं श्रोता रहेको सिँगो भारत विश्वभरका हिन्दिभाषी श्रोतालाई स्तब्ध बनाउँदै आफ्नो रेडियो कार्यक्रम रोकेको हो । दोस्रो विश्वयुद्धमा लड्ने भारतीय सैनिकको समाचार उनीहरुका परिवारसम्म पु-याउन ११ मे १९४० मा बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण भएको थियो । यद्यपि खर्च धान्नै नसकिएकोले कार्यक्रम बन्द गरेको हो भन्ने विषयमा भने लण्डनस्थित बीबीसीको केन्द्रीय कार्यालयले केही बताएको छैन । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण हुन्थ्यो । सन् १९४१ बाट भने कार्यक्रमको अवधि आधा घण्टा बनाइयो ।

यसअघि खर्चकै कारण पटक पटक कर्मचारीको कटौती गर्दै आएको बीबीबी हिन्दी रेडियोले शुक्रबार राती स्थानीय समय अनुसार साढे ७ बजे आफ्नो अन्तिम कार्यक्रम प्रशारण गरेको थियो । उसले आफ्नो युट्व च्यानलमा राखेको अन्तिम कार्यक्रम सुनेर हजारौं श्रोताले अत्यन्तै भाबुक ढंगले प्रतिक्रिया दिएका छन् ।

कयन् श्रोताले जिन्दगीमा पहिलो पटक रेडियो सुन्न शुरु बीबीसी हिन्दीबाटै शुरु गरेको बताएका छन् भने कतिपय प्रबुद्द तथा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय रुपमा चर्चित व्यक्तिले जता समाचार सुनेपनि समाचारको आधिकारिकता तथा निर्णायक समाचारको लागि बीबीसी हिन्दी नै सुन्ने गरेको लेखेका छन् । कतिपय कमेन्ट अयन्तै भाबुक समेत छन् ।

उनीहरुले बीबीसी हिन्दीको अभाव सँधै खड्किइरहने उल्लेख गरेका छन् । देशमा भएका महत्वपूर्ण परिवर्तनमा समाचार माध्यमको रुपमा बीबीसी हिन्दी रेडियोले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंशा समेत गरिएको छ । (एजेन्सीको सहयोगमा)

८० वर्षे लामो इतिहाँस बोकेको बीबीसी हिन्दीको अन्तिम रेडियो कार्यक्रम सुन्न तलको लिंक क्लिक गर्नुहोस् । यो भिडियो हामीले बीबीसी न्यूज हिन्दीको आधिकारिक पेजबाट साभार गरेका हौं ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

निलकण्ठ शोकमा, आज सार्वजनिक विदा निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने...

Top