भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

Best Khabar Team | २०७७ माघ २० गते मंगलबार


०२ फेब्रुअरी, २०२१
काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुल (संस्कृत तथा भानु माध्यमिक विद्यालय) मा ५ वर्षपछि पठनपाठन शुरु भएको छ। भूकम्पले भत्काएको भवन पुर्ननिर्माण पछि आइतबार पठनपाठन शुरुभएको विद्यालयले जनाएको छ । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको विद्यालयको नयाँ भवनमा आइतबारबाट नियमित रुपमा पठनपाठन शुरु गरिएको विद्यालयको भनाई छ ।

चीन सरकारले झण्डै ९० करोड रुपैयाँको सहयोगमा काठमाडौंको जमलमा रहेको सो विद्यालयलाई पुरानै स्वरुपमा तर अत्यन्तै मजबुद ढंगले निर्माण सम्पन्न गरेको हो । यहाँ कामगर्नका लागि पनि अधिकांश चिनियाँ कामदारहरु संलग्न भएका थिए । कोरोना संक्रमण शुरुहुनु अघि नै विद्यालयको पुर्ननिर्माणको काम सम्पन्न भएपनि गतवर्षको चैत्र देखि कोरोनाका कारण विद्यालयहरु बन्द भएपछि यो भवनमा पठनपाठन शुरु गर्न सकिएको थिएन ।

विद्यालय भवनलाई भूकम्पले क्षति पु¥याएपछि शुरुका केही वर्ष विद्यालय भवन छेउमै अस्थायी टहरा बनाएर पठन पाठन शुरु गरिएको थियो । पछि विद्यालयको पुर्ननिर्माण शुरु भएपछि यहाँका टहरा भत्काएर प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसको प्राङ्गणभित्र अस्थायी टहरा बनाएर पठनपाठन गराउँदै आइएको थियो । हाल चीन सरकारले बनाएको यो विद्यालय भवन ४ तलाको रहेको छ । विद्यालयमा कुल ४२ वटा कक्षा कोठा रहेको र विद्यालयका अन्य भौतिक संरचनापनि आधुनिक हिसावले निर्माण गरिएको छ ।

गएको फागुन महिनादेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरिएको भएपनि कोरोनाका कारण विद्यालय सञ्चालनमा आउन सकेको थिएन । अहिले आवश्यक सुरक्षा मापदण्ड पुरा गरी विद्यालय सञ्चालनमा ल्याइएको हो । यो विद्यालयमा अहिले भानु माध्यमिक विद्यालय तथा संस्कृत मावि रहेको छ । संस्कृत माविमा भने कक्षा ६ देखि १२ सम्म संस्कृत विषयको अध्ययन अध्यापन हुने गरेको छ ।

सन् १९१० मा दरबारका छोराछोरीको अध्ययननका लागि भन्दै तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सो विद्यालय स्थापना गराएका थिए । पछि देवशमसेरले यो विद्यालयमा आम नागरिकका लागि पठनपाठन खुल्ला गरिदिएपछि अहिले सबैले अध्ययन गर्न पाउने व्यवस्था छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २ पुग्यो नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी ! फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

२०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...

Top