Best Khabar Team | २०७७ माघ २० गते मंगलबार
०२ फेब्रुअरी, २०२१
काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुल (संस्कृत तथा भानु माध्यमिक विद्यालय) मा ५ वर्षपछि पठनपाठन शुरु भएको छ। भूकम्पले भत्काएको भवन पुर्ननिर्माण पछि आइतबार पठनपाठन शुरुभएको विद्यालयले जनाएको छ । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको विद्यालयको नयाँ भवनमा आइतबारबाट नियमित रुपमा पठनपाठन शुरु गरिएको विद्यालयको भनाई छ ।

चीन सरकारले झण्डै ९० करोड रुपैयाँको सहयोगमा काठमाडौंको जमलमा रहेको सो विद्यालयलाई पुरानै स्वरुपमा तर अत्यन्तै मजबुद ढंगले निर्माण सम्पन्न गरेको हो । यहाँ कामगर्नका लागि पनि अधिकांश चिनियाँ कामदारहरु संलग्न भएका थिए । कोरोना संक्रमण शुरुहुनु अघि नै विद्यालयको पुर्ननिर्माणको काम सम्पन्न भएपनि गतवर्षको चैत्र देखि कोरोनाका कारण विद्यालयहरु बन्द भएपछि यो भवनमा पठनपाठन शुरु गर्न सकिएको थिएन ।
विद्यालय भवनलाई भूकम्पले क्षति पु¥याएपछि शुरुका केही वर्ष विद्यालय भवन छेउमै अस्थायी टहरा बनाएर पठन पाठन शुरु गरिएको थियो । पछि विद्यालयको पुर्ननिर्माण शुरु भएपछि यहाँका टहरा भत्काएर प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसको प्राङ्गणभित्र अस्थायी टहरा बनाएर पठनपाठन गराउँदै आइएको थियो । हाल चीन सरकारले बनाएको यो विद्यालय भवन ४ तलाको रहेको छ । विद्यालयमा कुल ४२ वटा कक्षा कोठा रहेको र विद्यालयका अन्य भौतिक संरचनापनि आधुनिक हिसावले निर्माण गरिएको छ ।
गएको फागुन महिनादेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरिएको भएपनि कोरोनाका कारण विद्यालय सञ्चालनमा आउन सकेको थिएन । अहिले आवश्यक सुरक्षा मापदण्ड पुरा गरी विद्यालय सञ्चालनमा ल्याइएको हो । यो विद्यालयमा अहिले भानु माध्यमिक विद्यालय तथा संस्कृत मावि रहेको छ । संस्कृत माविमा भने कक्षा ६ देखि १२ सम्म संस्कृत विषयको अध्ययन अध्यापन हुने गरेको छ ।
सन् १९१० मा दरबारका छोराछोरीको अध्ययननका लागि भन्दै तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सो विद्यालय स्थापना गराएका थिए । पछि देवशमसेरले यो विद्यालयमा आम नागरिकका लागि पठनपाठन खुल्ला गरिदिएपछि अहिले सबैले अध्ययन गर्न पाउने व्यवस्था छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...
ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...
Top