‘कोरोना’ ताण्डव : चीनमामात्रै २१३ को मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा, अमेरिकाद्वारा नागरिकलाई चीन भ्रमणमा रोक

Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार


३१ जनवरी, २०२०
बेइजिङ्ग । विश्वव्यापीरुपमा त्रास फैलाउन सफल कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनका बुहान प्रान्तमा मात्रै हालसम्म २ सय १३ जनाको ज्यान गै सकेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको इपिसेन्टर बुहान प्राप्त यो रोगका कारण करिब १० हजार जना संक्रमित भएका छन् ।

उनीहरुको स्थानीय कोरोना भाइरस निर्मुल गर्ने उद्देश्यले खोलिएको अस्पतालमा उपचार भै रहेको छ । बुहान प्रान्तमा कोरोना भाइरसरको उपचारमा संलग्न चिकित्सकको समेत यो रोगको संक्रमणका कारण निधन भै सकेको छ । रोग प्रभावितहरुको उपचारका लागि भन्दै चीन सरकारले बुहान प्रान्तमा २ दिनमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । कोरोना भाइरस हाल चीनका अलवा कोरिया, अष्ट्रेलिया, युरोपेली मुलुक फ्रान्स, अमेरिकालगायतका देशमा देखापरिसकेको छ ।

यद्यपि अप्रिकी महादेशमा अहिलेसम्म कोरोनाको संक्रमण भएका कोही भेटिएका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यस्तै कतिपय विमानसेवा कम्पनीहरुले चिनको बुहानलगायतका प्रान्तको नियमित उडान समेत अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेका छन् । रोग फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लुनपरेको विमानसेवा कम्पनीहरुको भनाई छ ।

यसैबीच यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर कोरोना भाइरस देखिएपछि विश्वव्यापी रुपमा संकटकालको घोषणा गरेको छ । चीनमा फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल सिर्जना गरेको भन्दै डब्लुएचओले संकटकालको घोषणा गरेको हो । यसअघि २ साता अघिसम्म कोराना भाइरसकै कारण संकटकालको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउँदै आएको डब्लुएचओ कोरोना विश्वभर फैलँदै गएपछि आज विश्वव्यापी रुपमा संकटकाल घोषणा गर्न बाध्य भएको हो ।

डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुपमा संक्रमण निम्तिएका कारण आपतकालको घोषणा गरिएको हो । यसैबीच बेलायतमा एकैपरिवारका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै युरोपेली मुलुक इटलीमा पनि कोरोना प्रभावित दुईजना भेटिएपछि स्थानीय सरकारले आपतकालको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...

‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने ‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...

Top