‘कोरोना’ ताण्डव : चीनमामात्रै २१३ को मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा, अमेरिकाद्वारा नागरिकलाई चीन भ्रमणमा रोक

Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार


३१ जनवरी, २०२०
बेइजिङ्ग । विश्वव्यापीरुपमा त्रास फैलाउन सफल कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनका बुहान प्रान्तमा मात्रै हालसम्म २ सय १३ जनाको ज्यान गै सकेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको इपिसेन्टर बुहान प्राप्त यो रोगका कारण करिब १० हजार जना संक्रमित भएका छन् ।

उनीहरुको स्थानीय कोरोना भाइरस निर्मुल गर्ने उद्देश्यले खोलिएको अस्पतालमा उपचार भै रहेको छ । बुहान प्रान्तमा कोरोना भाइरसरको उपचारमा संलग्न चिकित्सकको समेत यो रोगको संक्रमणका कारण निधन भै सकेको छ । रोग प्रभावितहरुको उपचारका लागि भन्दै चीन सरकारले बुहान प्रान्तमा २ दिनमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । कोरोना भाइरस हाल चीनका अलवा कोरिया, अष्ट्रेलिया, युरोपेली मुलुक फ्रान्स, अमेरिकालगायतका देशमा देखापरिसकेको छ ।

यद्यपि अप्रिकी महादेशमा अहिलेसम्म कोरोनाको संक्रमण भएका कोही भेटिएका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यस्तै कतिपय विमानसेवा कम्पनीहरुले चिनको बुहानलगायतका प्रान्तको नियमित उडान समेत अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेका छन् । रोग फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लुनपरेको विमानसेवा कम्पनीहरुको भनाई छ ।

यसैबीच यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर कोरोना भाइरस देखिएपछि विश्वव्यापी रुपमा संकटकालको घोषणा गरेको छ । चीनमा फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल सिर्जना गरेको भन्दै डब्लुएचओले संकटकालको घोषणा गरेको हो । यसअघि २ साता अघिसम्म कोराना भाइरसकै कारण संकटकालको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउँदै आएको डब्लुएचओ कोरोना विश्वभर फैलँदै गएपछि आज विश्वव्यापी रुपमा संकटकाल घोषणा गर्न बाध्य भएको हो ।

डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुपमा संक्रमण निम्तिएका कारण आपतकालको घोषणा गरिएको हो । यसैबीच बेलायतमा एकैपरिवारका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै युरोपेली मुलुक इटलीमा पनि कोरोना प्रभावित दुईजना भेटिएपछि स्थानीय सरकारले आपतकालको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि  सुरक्षामा पनि ध्यान दिने ? हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?

२०७६ मंशिर २३ गते सोमबार

– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो...

Top