Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा रहेको प्लमस्टिडस्थित प्लमस्टिड कमन पार्कबाट २ दिन अघिदेखि हराईरहेकी एक नेपाली बृद्ध मृत अवस्थामा भेटिएकी छन् । आइतबार दिउँसो दुईबजेतिर पार्कमा घुमेर आउछु भनेर घरबाट निस्केकी ६५ वर्षकी धनमाया थापा पार्क नजिकै आज बिहान मृत अवस्थामा भेटिएकी हुन् ।
उनी घर नजिकै रहेको सो पार्कमा गएको भएपनि साँझसम्म नफर्केपछि उनलाई परिवारले मोबाइलमा सम्पर्क गरेका थिए । तर निरन्तर फोन गर्दासमेत उनको फोन नउठेपछि उनको खोजीका लागि सो क्षेत्रमा रहेका दर्जनौं नेपाली तथा प्रहरी परिचालन गरिएको थियो । तर आज बिहान मात्रै उनको शव फेला परेको उनका आफन्तले बताएका छन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । साउथ ईष्ट लण्डनको प्लमस्टिडमा आफ्ना परिवारका सदस्यसहित बस्दै आएकी धनमायाको मृत्युको बारेमा अस्पतालले खोजतलास शुरु गरेको छ । उनको शवलाई अहिले प्लमस्टिडकै एक अस्पालमा राखिएको छ । आइतबारपार्कमा जानुअघिसम्म उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका जानकारी जानकारी दिएका छन् । उनको नेपालको स्थायी ठेगाना पाल्पा जिल्ला रहेको उनका आफन्तहरुले बताएका छन् ।

यो समाचारसँग सम्बन्धित थप समाचार…
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...
भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१
२०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...
फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...
Top