बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा रहेको प्लमस्टिडस्थित प्लमस्टिड कमन पार्कबाट २ दिन अघिदेखि हराईरहेकी एक नेपाली बृद्ध मृत अवस्थामा भेटिएकी छन् । आइतबार दिउँसो दुईबजेतिर पार्कमा घुमेर आउछु भनेर घरबाट निस्केकी ६५ वर्षकी धनमाया थापा पार्क नजिकै आज बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

उनी घर नजिकै रहेको सो पार्कमा गएको भएपनि साँझसम्म नफर्केपछि उनलाई परिवारले मोबाइलमा सम्पर्क गरेका थिए । तर निरन्तर फोन गर्दासमेत उनको फोन नउठेपछि उनको खोजीका लागि सो क्षेत्रमा रहेका दर्जनौं नेपाली तथा प्रहरी परिचालन गरिएको थियो । तर आज बिहान मात्रै उनको शव फेला परेको उनका आफन्तले बताएका छन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । साउथ ईष्ट लण्डनको प्लमस्टिडमा आफ्ना परिवारका सदस्यसहित बस्दै आएकी धनमायाको मृत्युको बारेमा अस्पतालले खोजतलास शुरु गरेको छ । उनको शवलाई अहिले प्लमस्टिडकै एक अस्पालमा राखिएको छ । आइतबारपार्कमा जानुअघिसम्म उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका जानकारी जानकारी दिएका छन् । उनको नेपालको स्थायी ठेगाना पाल्पा जिल्ला रहेको उनका आफन्तहरुले बताएका छन् ।

यो समाचारसँग सम्बन्धित थप समाचार…



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top