कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित)

Best Khabar Team | २०७७ फाल्गुन २२ गते शनिबार


नवराज लामिछाने
०६ मार्च, २०२१
दोहा, कतार । ‘थोरै रहर अनि धेरै बाध्यता’ले मान्छे विदेशिन्छ । केही बर्ष विदेशिने वित्तिकै उसले आफ्नो जन्मभूमिलाई चटक्कै विर्सेको वा विदेशी भएको भने पक्कै हुँदैन । समय र परिस्थितिसँगै मान्छेले आफूमा पर्ने पारिवारिक दायित्व तथा त्यसलाई पुरा गर्नका लागि आवश्यक पर्ने अर्थोपार्जनका लागि पछिल्लो समयमा देशको ठूलो युवा शक्ति विदेशमा छन् ।

विदेशमा दुःख गरेरै भएपनि हरेक नेपालीले कुनै न कुनै ढंगले आफू र आफ्नो जन्म भूमिप्रतिको दायित्वलाई कहिल्यै भूलेका हुँदैनन् । चाहे रेमिट्यान्स होस् वा अन्य आर्थिक सहयोग, अहिले देशका केन्द्रदेखि दुर दराजसम्मको ठूलो आर्थिक हिस्सा यिनै विदेशिएका नेपालीहरुले थामेका छन् । योसँगै आफ्नो देश, जन्मभूमि र समाजको हितका लागि विभिन्न व्यक्तिहरुले विभिन्न हिसाबबाट अतुलनिय योगदान पु-याईरहेका हुन्छन् । यस्तै मध्येका एक हुन् गोर्खा पालुङ्गटारका रामचन्द्र गिरी। आफू र आफनो परिवारलाई खुसी बनाउने चाहना बोकेर केही वर्षअघि कतार आएका गिरीको शरीर यतिबेला कतारको दोहामा छ ।

तर उनको मन उनी जन्मेको त्यहि पालुङ्गटारको आसपासमा भुलिरहेको छ । त्यसैले त उनले व्यस्त परदेशी जीवन तथा दीनचर्यका बाबजुत पनि उनले आफ्नो जन्मभूमिलाई सम्झन भ्याए, त्यो पनि गीत संगीतको माध्यमबाट । उनै गिरीको सुन्दर लय तथा शब्दमा सजिएको सांगीतिक प्रस्तुती ‘लिगलिग को’ नामक गीत हालै सार्वजनिक भएको छ । जहाँ पालुङ्गटार र आपसासका पर्यटकीय तथा धार्मिकस्थलको बयान गरिएको छ। गोरखा जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना मन्दिर, २०७२ सालको भूकम्पको केन्द्रभाग बारपाकलगायतका ठाउँको बयान प्रस्तुत गीतमा गरिएको छ।

गोरखा जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना मन्दिर, २०७२ सालको भूकम्पको केन्द्रभाग बारपाकलगायतका ठाउँको बयान प्रस्तुत गीतमा गरिएको छ।

अत्यन्तै सुन्दर प्रस्तुत गीतमा चर्चित गायिका शान्तीश्री परियार र रामचन्द्र गिरीको सुमधुर आवाज रहेको छ । गीतको म्युजिक भिडियो सुटिङ अत्यन्तै सुन्दर पर्यटकिय ठाउँ लिगलिग कोटमा गरिएको छ। विशाल बैरागीले निर्देशन गरेको म्युजिक भिडियोमा रन्जिता गुरुङ ,रिया खड्का ,रोशन नेपाली ,दिनेश थापालगायको अभिनय रहेको छ। ‘बाध्यताले परदेसिएका हामी नेपालीले आफ्नो माटोको लागि केही न केही सहयोग अबस्य गर्न सक्छौं, त्यसैले मैले यो गीतको सिर्जना गरेर मातृभूमिलाई सम्झेको हुँ’ बेस्टखबर डटकमसँगको कुराकानीमा गायक गिरीले भने । आउने दिनमा पालुङटार, लिगलिगकोटलगायत समग्र गोर्खा जिल्लाको पर्यटनको बिकास र समृद्धिको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । प्रस्तुत गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार

२०८२ पुष ११ गते शुक्रबार

२६, डिसेम्बर, २०२५लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने...

अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

Top