अमेरिका–चीनबीच नयाँ व्यापार सम्झौता

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०
न्यूयोर्क । विगत लामो समयदेखि दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच जारी व्यापार युद्द नयाँ सिराबाट अघि बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच हिजो नयाँ व्यापार सम्झौता भएसँगै दुईदेशबीचको व्यापार युद्द विस्तारै कम हुने संकेत देखिएको छ ।

अमेरिका र चीनबीच सन् २०१८ को जुलाईदेखि व्यापार युद्द शुरु भएको थियो जसका कारण दुबै देशले एक अर्काको सामान आयत गर्दा दोब्बरसम्म कर थप गरेका थिए । यद्यपि नयाँ सम्झौतामा यो कर हटाउने विषयमा सहमति भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रमुख व्यापार वार्ताकार लिउबीचको नयाँ सहमतिले दुईदेशले एक अर्काका सामान आयात निर्यातमा थप विस्तारै सहजता थप्ने विश्वास गरिएको छ । नयाँ सहमति अनुसार चिनले अमेरिकाको उर्जा, उत्पादन, कृषि सामग्री र थप सेवा शिर्षकमा आयत गर्ने भएको छ ।

यस्तै अमेरिकाले पनि चिनबाट प्रविधि, उर्जा, कृषिजन्य सामग्रीलगायतका बस्तुको आयात गर्ने भएको छ । विगत १८ महिना अघिदेखि जारी चीन र अमेरिकाबीचको व्यापारिक तनावकै बीचको यो सहमतिको सकारात्मक प्रभाव देखिन थालिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

२०७६ जेठ २० गते सोमबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...

४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत ४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत

२०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य

२०७७ चैत्र १८ गते बुधबार

३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...

Top