अमेरिका–चीनबीच नयाँ व्यापार सम्झौता

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०
न्यूयोर्क । विगत लामो समयदेखि दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच जारी व्यापार युद्द नयाँ सिराबाट अघि बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच हिजो नयाँ व्यापार सम्झौता भएसँगै दुईदेशबीचको व्यापार युद्द विस्तारै कम हुने संकेत देखिएको छ ।

अमेरिका र चीनबीच सन् २०१८ को जुलाईदेखि व्यापार युद्द शुरु भएको थियो जसका कारण दुबै देशले एक अर्काको सामान आयत गर्दा दोब्बरसम्म कर थप गरेका थिए । यद्यपि नयाँ सम्झौतामा यो कर हटाउने विषयमा सहमति भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रमुख व्यापार वार्ताकार लिउबीचको नयाँ सहमतिले दुईदेशले एक अर्काका सामान आयात निर्यातमा थप विस्तारै सहजता थप्ने विश्वास गरिएको छ । नयाँ सहमति अनुसार चिनले अमेरिकाको उर्जा, उत्पादन, कृषि सामग्री र थप सेवा शिर्षकमा आयत गर्ने भएको छ ।

यस्तै अमेरिकाले पनि चिनबाट प्रविधि, उर्जा, कृषिजन्य सामग्रीलगायतका बस्तुको आयात गर्ने भएको छ । विगत १८ महिना अघिदेखि जारी चीन र अमेरिकाबीचको व्यापारिक तनावकै बीचको यो सहमतिको सकारात्मक प्रभाव देखिन थालिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित) ‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २ पुग्यो नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...

Top