Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०
मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको महामारीको रुप लिइरहेका बेला रसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजेर ४९ मिनेट जाँदा ७ दशलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
रसियाको कुरिल आइल्याण्डलाई केन्द्रबिन्दु बनाएर आएको सो भूकम्पपछि एकहजार किलोमिटरसम्म सुनामीको चेतावनी दिइएको भएपनि अहिले भने त्यसको सम्भावना एकदमै न्यून रहेको अमेरिकी भूगर्भसम्बन्धी अध्यन गर्ने संस्था ‘युएस जियोलोजिकल सर्भे’ले जनाएको छ । भूकम्प कुरिर आइसल्याण्डको ५९ किलोमिटर तल केन्द्रबिन्दु रहेको बताइएको छ ।
सो भूकम्पका कारण रसियामा के कति क्षति पुग्यो भन्ने समाचार अहिलेसम्म आइसकेको छैन । तर भूकम्पको धक्का निक्कै ठूलो भएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु जापानको सापारो शहरबाट १ हजार ४ सय किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ ।
भूकम्पको धक्का जापानमा पनि महशुस गरिएको थियो । रसियाको कुरिस आइसल्याण्ड जापानको उत्तरी आइसल्याण्डको रुपमा पनि परिचित छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’
२०७७ बैशाख ५ गते शुक्रबार
रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...
देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने
२०७८ जेठ १० गते सोमबार
२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...
पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...
अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...
Top