रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार


२५ मार्च, २०२०
मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको महामारीको रुप लिइरहेका बेला रसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजेर ४९ मिनेट जाँदा ७ दशलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

रसियाको कुरिल आइल्याण्डलाई केन्द्रबिन्दु बनाएर आएको सो भूकम्पपछि एकहजार किलोमिटरसम्म सुनामीको चेतावनी दिइएको भएपनि अहिले भने त्यसको सम्भावना एकदमै न्यून रहेको अमेरिकी भूगर्भसम्बन्धी अध्यन गर्ने संस्था ‘युएस जियोलोजिकल सर्भे’ले जनाएको छ । भूकम्प कुरिर आइसल्याण्डको ५९ किलोमिटर तल केन्द्रबिन्दु रहेको बताइएको छ ।

सो भूकम्पका कारण रसियामा के कति क्षति पुग्यो भन्ने समाचार अहिलेसम्म आइसकेको छैन । तर भूकम्पको धक्का निक्कै ठूलो भएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु जापानको सापारो शहरबाट १ हजार ४ सय किलोमिटर उत्तरपूर्वमा रहेको बताइएको छ ।

भूकम्पको धक्का जापानमा पनि महशुस गरिएको थियो । रसियाको कुरिस आइसल्याण्ड जापानको उत्तरी आइसल्याण्डको रुपमा पनि परिचित छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

२०८१ पुष २४ गते बुधबार

०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...

Top