म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ मे, २०२०
काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि पहिलो पटक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा नेपाली फर्कन शुरु गरेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको त्रिभुवन विमानस्थलमा आज पहिलो पटक म्यान्मारबाट नेपालीहरु स्वदेश फिर्ता भएका हुन् । उनीहरुलाई म्यान्मारबाट आएको त्यहाँको स्थानीय सेनाको जहाजले स्वदेश फिर्ता ल्याएको थियो ।

नेपालमा रोकिएका आफ्ना देशका नागरिकलाई लिन आएको सो विमानले नेपाल आउने क्रममा त्यहाँ अलपत्र परेका नेपालीहरुलाई पनि नेपाल ल्याइदिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । उनीहरु विमानस्थल आएपछि नेपाली सेनाको कोरोना नियन्त्रण विशेष टोलीले काठमाडौंको बसुन्धरास्थित ‘होल्डिङ्ग सेन्टरमा’ लगेर राखेको छ । उनीहरुको त्यहाँ कोरोना जाँच हुने र त्यसपछि सम्बन्धित प्रदेश र जिल्लाका लागि भनेर छुट्टाइएको क्वारेन्टाइनमा पठाउने तयारी भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

सरकारले विदेशबाट आएका नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको व्यवस्थापनलगायतको काम नेपाली सेनालाई जिम्मा दिएको छ । म्यानमार एयरफोर्सको जहाजबाट आएका नेपालीहरुमध्ये कतिपय उतै रोजगारीको लागि बसेका नेपालीहरु रहेका छन् भने कतिपय भ्रमणको लागि त्यहाँ गएको र नेपाल तथा अन्य ट्रान्जिट मुलुकमा भएको लकडाउनका कारण उतै रोकिएका थिए ।

यसैबीच, संयुक्त अरब इमिरेट्सबाट पनि आज करिब डेढसय सयको हाराहारीमा नेपालीहरु नेपाल आउँदैछन् । उनीहरुलाई इमिरेट्स एयरको विमानबाट उनीहरुलाई नेपाल ल्याईने सरकारी स्रोतको दाबी छ । उनीहरु आज रातीसम्ममा काठमाडौं आइपुग्ने छन् । उनीहरुलाई काठमाडौं उपत्यका भित्र निर्माण गरिएका विभिन्न होल्डिङ् सेन्टरमा राख्ने तयारी सरकारले गरेको छ । बैदेशिक रोजगारीका लागि गएका उनीहरु नेपालमा जारी लकडाउनका कारण विगत ३ महिनादेखि दुबई र आसपासका शहरमा रोकिएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...

धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...

Top