Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२०
नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । मुखमा कालोपट्टी बाँधेर हतियारसहित विश्वविद्यालय परिसर घुसेका नाकावधारी समूहले आक्रमण गरेको हो । आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत करिब ३ दर्जन विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
आक्रमणकारीहरुले रड, इटा तथा अन्य घरेलुहतियार बोकेर विश्वविद्यालय परिसरमा रहेका विद्यार्थीहरुमाथि आक्रमण शुरु गरेका थिए । आक्रमणकारीहरुले विद्यार्थीको उपचारका लागि गएका चिकित्सक तथा एम्बुलेन्समाथि पनि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । त्यस क्रममा आधादर्जन बढी एम्बुलेन्स र केही चिकित्सकहरु घाइते भएका छन् ।

घाइतेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भै रहेको छ । घटनामा भारतीय जनता पार्टी नेतृत्वको अखिल भारतीय विद्यार्थी परिषदको संलग्नता रहेको आशंका गरिएको छ । विगत केहीसमय यता शुल्कबृद्धिको विषयलाई लिएर सत्तारुढ र अन्य विद्यार्थी सँगठनबीचको विवाद बढ्दै गएका बेला गएराति सो घटना भएको हो ।
घटनाको विभिन्न राजनीतिक संगठन र नेताहरुले विरोध जनाएको छ । सत्तारुढ विजेपीले भने घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नमाथि कडा कारबही गर्ने जनाएको छ । घटनाको यो भिडियो हामीले एएनआई टेलिभिजनबाट साभार गरेका हौं ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?v=B8-T2MFQrgs
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन
२०७६ मंशिर २९ गते आइतबार
–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...
जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...
पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई
२०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...
Top