Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२०
भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए ।
तर विशेष सूचनाको आधारमा आज उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०७५ साल मंसीरमा ललितपुरको चापागाउँमा प्रहरी रिपोर्ट लिन पुगेकी एक युवतीले सहयोग गर्ने बहानामा खिउजुले आफूलाई खाजाघरमा लगेर बलात्कार गरेको र त्यसपछि पनि निरन्तर ६ महिनासम्म डर र प्रलोभन देखाएर बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
तर ती युवतीले प्रहरीमा उजुरी गर्ने थाहा पाएपछि खिउजुले जागिर राजीनामा गरेका थिए । उनी विरुद्ध महानगरपीय प्रहरी परिसर जावलाखेलमा गएको माघ २२ गते उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको भएपनि उनी लुक्दै आएका थिए । प्रहरीले क्राउ परेका खिउजुसँग घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने
२०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...
Top