Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०
काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर गर्न खोजेको उजुरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको टोली केही दिनअघि आफ्ना सांसदलाई महोत्तरीबाट अपहरण गरिएको भन्दै उजुरी दर्ताको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर प्रहरीले महोत्तरीमा भएको अपहरणको घटनामा काठमाडौंमा उजुरी वा मुद्दा लिनन नमिल्ने भन्दै महोत्तरी जान सुझाएको छ ।
केहीदिनअघि पूर्व मन्त्री एवं सांसद डा। सुरेन्द्र यादवलाई प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल, सांसदहरु महेश बस्नेत तथा किसान श्रेष्ठले महोत्तरीबाट अपहरण गरेको भन्दै भट्टराईसहितको टोलीले आज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरी परिसर टेकु पुगेको थियो ।

पार्टी फुटाउनका लागि सरकारकै निर्देशनमा आफ्नो पार्टीका सांसदलाई अपहरण गरिएको भन्दै दोषीमाथि कारबाही गर्न भट्टराईसहितको टोली आज साँझ महानगरीय प्रहरी परिसर पुगेको हो । तर प्रहरीले यो विषयमा काठमाडौंले कुनै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन नसक्ने भन्दै महोत्तरी नै जान भट्टराईसहितको टोलीलाई सुझाव दिएको छ ।
तर भट्टराईले भने प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले उजुरी लिन नमानेको बताएको छ । महोत्तरीबाट आफूलाई जर्वजस्ती काठमाडौं ल्याएर होटलमा बन्धक बनाइएको भन्दै यादवले दोषीमाथि कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वलाई गुहारेपछि समाजवादी पार्टीका शिर्ष नेताहरु आज उजुरी लिएर प्रहरीकोमा पुगेका हुन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...
थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...
पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई
२०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...
झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित...
Top