कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार


१० जुलाई, २०२०
लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परी कास्की र म्याग्दी जिल्लाका एकदर्जन बढी स्थानमा ७ जनाको ज्यान गएको छ भने कम्तीमा ३२ जना वेपत्ता भएका छन् । हिजो दिउँसोदेखि परेको अविरल वर्षात्का कारण विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्की र म्याग्दीले जनाएको छ । पोखरा उप महानगरपालिकास्थित पर्यटकीय गाउँ सराङ्गकोटको गोठादीमा माथिबाट झरेको पहिरोले बगाउँदा स्थानीय टंकबहादुर थापासहित उनकी श्रीमती, दुई नाती र एक छिमेकीको ज्यान गएको प्रहरीको भनाई छ ।

यता पोखरा उपमहानगरपालिकाको वडा नम्बर १६ मा गएको पहिरोमा परी स्थानीय दुर्गाबहादुर सुनारको ज्यान गएको छ । यस्तै हेम्जामा गएको पहिरोमा परी स्थानीय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीको भनाई छ । कास्कीका विभिन्न स्थानमा गएको पहिरोबाट खसेको ढुंगामाटो तथा घर भत्किँदा त्यसले च्यापेर अहिलेसम्म १० जना भन्दा बढी घाइते भएको बताइएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।

यता म्याग्दीका आधादर्जन बढी स्थानमा गएको पहिरोमा परी हालसम्म कम्तीमा ३२ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीय ताकममा पहिरोमा परी २ जनाको ज्यान गएको छ भने मराङमा २२ जना हराईरहेका छन् । हराईरहेकाहरुको खोजी तथा पहिरोमा परेकाहरुको उद्दारका लागि जिल्ला प्रहरी कार्यालयलसहित विभिन्न स्थानबाट प्रहरी टोली र स्वयंसेवकहरुको टोली घटनास्थलतर्फ अघि बढेको भएपनि निरन्तरको वर्षात् तथा सडक पहिरोले अवरुद्ध गरेपछि उनीहरु घटनास्थलतर्फ पुग्न सकिरहेका छैनन् ।

यस्तै जाजरकोटको बारेकोट भन्ने स्थानमा पहिरोले २ घर भत्काउँदा १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार बारेकोट गाउँपालिकाको सार्कीटोलमा पहिरोले स्थानीय गोपाल र कालु सार्कीको घर बगाएको प्रहरीको भनाई छ । हराईरहेकाहरुको खोजीका लागि प्रहरीलगायत स्थानीय वासिन्दा लागिपरेका छन् ।

मृतक पाहुना आएका एक पुरुष भएको बताइएपनि उनको नाम खुल्न सकेको छैन । देशका अन्य विभिन्न जिल्लामा पनि बाढी पहिरो गएको समाचारहरु प्राप्त भै रहेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि ४ दिनका लागि निरन्तर तथा भिषण वर्षात् हुने पूर्वानुमान गरेको सँगै देशका विभिन्न स्थानमा वर्षात्ले ठूलो क्षति पु¥याएको छ । हिजोमात्रै सिन्धुपाल्चोकको बाह्रबिसे आसपासमा कम्तीमा २ दर्जन बढी घरहरु बगाउँदा ठूलो जनधनको क्षति भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...

कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...

नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

Top