Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०
लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा परी कास्की र म्याग्दी जिल्लाका एकदर्जन बढी स्थानमा ७ जनाको ज्यान गएको छ भने कम्तीमा ३२ जना वेपत्ता भएका छन् । हिजो दिउँसोदेखि परेको अविरल वर्षात्का कारण विभिन्न स्थानमा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्की र म्याग्दीले जनाएको छ । पोखरा उप महानगरपालिकास्थित पर्यटकीय गाउँ सराङ्गकोटको गोठादीमा माथिबाट झरेको पहिरोले बगाउँदा स्थानीय टंकबहादुर थापासहित उनकी श्रीमती, दुई नाती र एक छिमेकीको ज्यान गएको प्रहरीको भनाई छ ।

यता पोखरा उपमहानगरपालिकाको वडा नम्बर १६ मा गएको पहिरोमा परी स्थानीय दुर्गाबहादुर सुनारको ज्यान गएको छ । यस्तै हेम्जामा गएको पहिरोमा परी स्थानीय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीको भनाई छ । कास्कीका विभिन्न स्थानमा गएको पहिरोबाट खसेको ढुंगामाटो तथा घर भत्किँदा त्यसले च्यापेर अहिलेसम्म १० जना भन्दा बढी घाइते भएको बताइएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
यता म्याग्दीका आधादर्जन बढी स्थानमा गएको पहिरोमा परी हालसम्म कम्तीमा ३२ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीय ताकममा पहिरोमा परी २ जनाको ज्यान गएको छ भने मराङमा २२ जना हराईरहेका छन् । हराईरहेकाहरुको खोजी तथा पहिरोमा परेकाहरुको उद्दारका लागि जिल्ला प्रहरी कार्यालयलसहित विभिन्न स्थानबाट प्रहरी टोली र स्वयंसेवकहरुको टोली घटनास्थलतर्फ अघि बढेको भएपनि निरन्तरको वर्षात् तथा सडक पहिरोले अवरुद्ध गरेपछि उनीहरु घटनास्थलतर्फ पुग्न सकिरहेका छैनन् ।
यस्तै जाजरकोटको बारेकोट भन्ने स्थानमा पहिरोले २ घर भत्काउँदा १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार बारेकोट गाउँपालिकाको सार्कीटोलमा पहिरोले स्थानीय गोपाल र कालु सार्कीको घर बगाएको प्रहरीको भनाई छ । हराईरहेकाहरुको खोजीका लागि प्रहरीलगायत स्थानीय वासिन्दा लागिपरेका छन् ।

मृतक पाहुना आएका एक पुरुष भएको बताइएपनि उनको नाम खुल्न सकेको छैन । देशका अन्य विभिन्न जिल्लामा पनि बाढी पहिरो गएको समाचारहरु प्राप्त भै रहेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि ४ दिनका लागि निरन्तर तथा भिषण वर्षात् हुने पूर्वानुमान गरेको सँगै देशका विभिन्न स्थानमा वर्षात्ले ठूलो क्षति पु¥याएको छ । हिजोमात्रै सिन्धुपाल्चोकको बाह्रबिसे आसपासमा कम्तीमा २ दर्जन बढी घरहरु बगाउँदा ठूलो जनधनको क्षति भएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...
कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...
फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना...
जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...
Top