आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

Best Khabar Team | २०७७ माघ २ गते शुक्रबार


१५ जनावरी, २०२१
दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप लागेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यहाँका राजा विलेम अलेक्ज्याण्डर समक्ष राजीनामा बुझाएको नेदरल्याण्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे

उनीमाथि कानुन विपरित बालबालिकाको कल्याण कोषको नाममा विगत २०१० देखि पटक पटक अपारदर्शी तरिकाले काम गर्दै आएको आरोप लगेको थियो । उनले यसबीचमा सयौं घर परिवारलाई अपरादर्शी तरिकाले आर्थिक सहयोग गरेको आरोप लाग्दै आएको युरो न्यूजले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । हालै यहाँको संसदबाट जारी भएको एक प्रतिवेदनमा बालबालिकाको स्याहार सुसारका नाममा रुट्टे नेतृत्वको सरकारले वितरण गरेको सहयोग रकम अपारदर्शी रहेको उल्लेख गरिएको थियो ।

यसमाथि गम्भीर छानबिन हुनुपर्ने भन्दै विपक्षीहरुले पटक पटक सरकारको विरुद्ध अभियान छेड्ने तयारी गरिरहेका थिए । सन् २०१० देखि नेदरल्यण्डको प्रधानमन्त्रीको रुपमा रहेका रुट्टे चौथो कार्यकालमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्दै आएका थिए । यद्यपि कोरोना भाइरसको व्यवस्थापनका लागि उनले अर्को सरकार नआउन्जेलसम्म आफू नेतृत्वको सरकार निरन्तर रुपमा लाग्ने उनको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...

प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो

२०७७ श्रावण ४ गते आइतबार

१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...

Top