Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार

१० फेब्रुअरी, २०२०
काठमाडौं । सरकारले ५ महिनाका लागि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्री परिषद् बैठकले आगामी असारसम्मका लागि ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकको रुपमा नियुक्त गरेको हो ।
उनी नेपाल प्रहरीका २७ औं प्रहरी महारिनक्षिक हुन् । यद्यपि आगामी असार २४ गते पछि भने नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा प्रहरी संगठनकै नयाँ व्यक्ति नियुक्त हुनेछन् । ३० वर्षे सेवा हदका कारण असार २४ गतेपछि भने ज्ञवालीको कार्यकाल समाप्त हुनेछ । हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि उमेर हदका कारण सेवाबाट अवकास पाएसँगै सरकारले बरियतामा रहेका ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाएको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार बरियतामा रहेका ज्ञवालीलाई प्रहरी प्रमुख बनाइएको सरकारले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?
२०७६ चैत्र १६ गते आइतबार
– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...
बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...
नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...
Top