५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार


१० फेब्रुअरी, २०२०
काठमाडौं । सरकारले ५ महिनाका लागि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्री परिषद् बैठकले आगामी असारसम्मका लागि ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकको रुपमा नियुक्त गरेको हो ।

उनी नेपाल प्रहरीका २७ औं प्रहरी महारिनक्षिक हुन् । यद्यपि आगामी असार २४ गते पछि भने नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा प्रहरी संगठनकै नयाँ व्यक्ति नियुक्त हुनेछन् । ३० वर्षे सेवा हदका कारण असार २४ गतेपछि भने ज्ञवालीको कार्यकाल समाप्त हुनेछ । हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि उमेर हदका कारण सेवाबाट अवकास पाएसँगै सरकारले बरियतामा रहेका ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार बरियतामा रहेका ज्ञवालीलाई प्रहरी प्रमुख बनाइएको सरकारले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...

लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

Top