अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार


२७ जुलाई, २०२०
न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका दुई छुट्टाछुट्टै घटनामा परी अध्ययनका लागि आएका दुई नेपाली युवतीको ज्यान गएको छ । अमेरिकाको टेक्सासमा रहेको ‘लेक लेविसभिल’ नामक तालमा डुबेर हराई रहेकी नेपाली युवती अस्मीता खानालका शव फेला परेको छ । लाईफज्याकेट बिना डुंगामा चढेर तालमा घुमिरहेका बेला एक्कासी डुंगाबाट खसेर उनी तालमा हराएको बताइएको छ ।

अमेरिकाको टेक्सासमा तालमा डूबेर निधन भएकी अस्मिता खनाल

आइतबार मध्यान्ह सो घटना भएपनि अमेरिकाको समय अनुसार सोही दिन साँझ अबेर उनको शव भेटिएको थियो । उनको शवलाई अहिले टेक्सासको एउटा अस्पतालको शव गृहमा राखिएको छ । उनको नेपाल घर कहाँ थियो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन । उनी २३ वर्षकी थिइन् । काठमाडौंको नयाँबजारमा उनको परिवारसँग बस्ने बताइएपनि उनको नेपालको पुरानो घर खुल्न सकेको छैन ।

यस्तै बेस्टखबर डटकमका युरोप सहकर्मीका अनुसार युरोपेली मुलुक साईप्रसमा मोटरसाइकल दुर्घटनामा परी धादिङ्गकी एक युवतीको ज्यान गएको छ । धादिङ्ग धार्के घर भएकी २१ वर्षकी रेणुका कोराइराला साइप्रसको निकोसिया भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी दिबंगत भएकी हुन् । काम सकेर घर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

साइप्रसमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकी रेणुका कोइराला

उनी काम गर्ने स्थानमै काम गर्ने अर्का एकजना सहयोगीले उनलाई मोटरसाइकलमा राखेर कोठा तर्फ पु-याउन जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते मात्र भएका छन् । दुर्घटनालगत्तै प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कोइराला गएको पुस महिनामा नेपालबाट अध्ययनका लागि साइप्रस आएकी थिइन् ।

घटना जुलाई २६ गते राति २ बजेतिरको भएको बताइएको छ । उनलाई दुर्घटनालगत्तै घाइते अवस्थामा अस्पताल पु¥याएको भएपनि त्यसको केहीसमयपछि नै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...

लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

Top