Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०
न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका दुई छुट्टाछुट्टै घटनामा परी अध्ययनका लागि आएका दुई नेपाली युवतीको ज्यान गएको छ । अमेरिकाको टेक्सासमा रहेको ‘लेक लेविसभिल’ नामक तालमा डुबेर हराई रहेकी नेपाली युवती अस्मीता खानालका शव फेला परेको छ । लाईफज्याकेट बिना डुंगामा चढेर तालमा घुमिरहेका बेला एक्कासी डुंगाबाट खसेर उनी तालमा हराएको बताइएको छ ।

आइतबार मध्यान्ह सो घटना भएपनि अमेरिकाको समय अनुसार सोही दिन साँझ अबेर उनको शव भेटिएको थियो । उनको शवलाई अहिले टेक्सासको एउटा अस्पतालको शव गृहमा राखिएको छ । उनको नेपाल घर कहाँ थियो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन । उनी २३ वर्षकी थिइन् । काठमाडौंको नयाँबजारमा उनको परिवारसँग बस्ने बताइएपनि उनको नेपालको पुरानो घर खुल्न सकेको छैन ।
यस्तै बेस्टखबर डटकमका युरोप सहकर्मीका अनुसार युरोपेली मुलुक साईप्रसमा मोटरसाइकल दुर्घटनामा परी धादिङ्गकी एक युवतीको ज्यान गएको छ । धादिङ्ग धार्के घर भएकी २१ वर्षकी रेणुका कोराइराला साइप्रसको निकोसिया भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी दिबंगत भएकी हुन् । काम सकेर घर फर्कने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

उनी काम गर्ने स्थानमै काम गर्ने अर्का एकजना सहयोगीले उनलाई मोटरसाइकलमा राखेर कोठा तर्फ पु-याउन जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने घाइते मात्र भएका छन् । दुर्घटनालगत्तै प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कोइराला गएको पुस महिनामा नेपालबाट अध्ययनका लागि साइप्रस आएकी थिइन् ।
घटना जुलाई २६ गते राति २ बजेतिरको भएको बताइएको छ । उनलाई दुर्घटनालगत्तै घाइते अवस्थामा अस्पताल पु¥याएको भएपनि त्यसको केहीसमयपछि नै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
ठमेलले यसरी ग-यो पर्यटन वर्ष २०२० को स्वागत (फोटोफिचर)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)
२०७७ जेठ १७ गते शनिबार
अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...
Top