म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार


२९ मार्च, २०२१
बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १ मा भएको भएको ‘सैन्य कु’ र पछिल्ला दिनमा सेनाले आम नागरिक गरेको बर्बर दमनबाट जोखिन यतिबेला म्यानमारी जनता छिमेकी मुलुक थाइल्याण्डतर्फ भागेका छन् । म्यानमारमा हालै सेनाले निर्वाचित सरकारले चुनावमा धाँधली गर्दै परिणाम आफ्नो पक्षमा पारेको भन्दै शासनसत्ता कब्जा गरेपछि अहिले दैनिक लाखौंले प्रदर्शन गर्दै आइरहेका छन् । सेनाले अहिले आम नागरिकहरुमाथि बर्बर दमन गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोलीसमेत चलाएको छ । जसका कारण आन्दोलन शुरुभएयता सयौं म्यानमारी जनताले ज्यान गुमाईसकेका छन् भने हजारौं घाइते भएका छन् । प्रदर्शन दबाउन म्यानमारी सेनाले अहिले हवाईमार्गबाट समेत प्रदर्शनकारीहरुमाथि आक्रमण गर्न थालेको छ । सेनाले अहिले प्रदर्शनकारीलाई लक्षित गरी हेलिकोप्टरबाट समेत गाउँलेहरुमाथि आक्रमण गर्न थालेको र सेनाको आक्रमण हिंसात्मक बन्न थालेपछि विशेष गरी अहिले करेन समुदायका नागरिकहरु आफ्नो ज्यान जोगाउन थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

स्मरणीय के छ भने म्यानमारमा करेन समुदायकाहरु मानिसहरु विगत लामो समयदेखि आफ्नो समुदायको मुक्तिका लागि आन्दोलनरत छन् । उनीहरुले जारी आन्दोलनमा समर्थन जनाउँदै जातीय मुक्तिको मुद्दालाई सशक्त बनाईरहेका छन् । हालैको प्रदर्शनमा उनीहरुले पनि सक्रिय सैन्य कूको विरुद्ध प्रदर्शनमा सहभागीता जनाउँदै आएका छन् । सैन्य कुसँगै कतिपय म्यानमारी नेताहरुलाई सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । जुन घटनाको अन्र्तराष्ट्रिय समुदायले विरोध गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा) ‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान ९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...

Top