Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना नेपालीमाथि कोरोनाको आशंका गरिएलगत्तै उनीहरुलाई अहिले अस्पतालमा राखेर परिक्षण थालिएको छ । फ्रान्सका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका समाचार अनुसार युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित देश इटलीबाट अबैध रुपमा फ्रान्स आएका ती नेपालीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ ।
इटलीबाट अबैध रुपमा फ्रान्स हुँदै युरोपेली मुलुक स्पेन जाने क्रममा उनीहरु सीमा सुरक्षामा रहेका प्रहरीहरुको पक्राउमा परेका थिए । पक्राउ परेकाहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई सिमा क्षेत्रमा रहेका अस्पतालमा राखेर उपचार शुरु गरिएको छ।
यद्यपि उनीहरुमा कोरोना भाइरसको संक्रमणनै भएको हो भन्ने विषयमा भने यो समाचार पोस्ट गर्दासम्म कुनै औपचारिक जानकारी आएको छैन । प्रहरीले पक्राउ परेका नेपालीहरुको नाम खुलाएको छैन । उनीहरुलाई केहीसमय क्वारेन्टाईनमा राखेर परिक्षण गरिएपछिमात्रै उनीहरुलाई के भएको भनेर भन्न सकिने सुरक्षा अधिकारीहरुको भनाई उद्दृत गर्दै फ्रान्सबाट सञ्चालित पेरिस नेपाल डटकमले जनाएको छ ।
फ्रान्समा हालसम्म कोरोनाबाट २ जनाको ज्यान गएको छ भने ४० जनामा संक्रमण देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु
२०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...
Top