Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना नेपालीमाथि कोरोनाको आशंका गरिएलगत्तै उनीहरुलाई अहिले अस्पतालमा राखेर परिक्षण थालिएको छ । फ्रान्सका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका समाचार अनुसार युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित देश इटलीबाट अबैध रुपमा फ्रान्स आएका ती नेपालीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ ।
इटलीबाट अबैध रुपमा फ्रान्स हुँदै युरोपेली मुलुक स्पेन जाने क्रममा उनीहरु सीमा सुरक्षामा रहेका प्रहरीहरुको पक्राउमा परेका थिए । पक्राउ परेकाहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई सिमा क्षेत्रमा रहेका अस्पतालमा राखेर उपचार शुरु गरिएको छ।
यद्यपि उनीहरुमा कोरोना भाइरसको संक्रमणनै भएको हो भन्ने विषयमा भने यो समाचार पोस्ट गर्दासम्म कुनै औपचारिक जानकारी आएको छैन । प्रहरीले पक्राउ परेका नेपालीहरुको नाम खुलाएको छैन । उनीहरुलाई केहीसमय क्वारेन्टाईनमा राखेर परिक्षण गरिएपछिमात्रै उनीहरुलाई के भएको भनेर भन्न सकिने सुरक्षा अधिकारीहरुको भनाई उद्दृत गर्दै फ्रान्सबाट सञ्चालित पेरिस नेपाल डटकमले जनाएको छ ।
फ्रान्समा हालसम्म कोरोनाबाट २ जनाको ज्यान गएको छ भने ४० जनामा संक्रमण देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा...
भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...
Top