कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित)

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट यतिबेला विश्वका शक्ति सम्पन्न मुलुकहरु नराम्ररी प्रताडित भै रहेका छन् । अमेरिका, क्यानेडा, अष्ट्रेलियालगायत सिँगो युरोप एसिया, अफ्रिकालगायतका २ सय बढी देशमा यतिबेला कोरोनाको कहर फैलिँदै गएको छ । नेपालपनि यसबाट अछुतो हुने कुरै भएन । तर तुलनात्मकरुपमा अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण धेरै कम देखिएको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न खाले प्रभावकारी कामहरु पनि थालेको छ । नेपालसँग उपलब्ध साधन स्रोतलाई मध्यनजर गर्दै सरकारले गत चैत्र ११ गतेदेखि सिँगो मुलुकलाई लकडाउन गरिसकेको छ । योक्रम आगामी चैत्र २५ गतेसम्म जारी रहने छ । त्यसपछि पनि अवस्था हेरेर के गर्ने भन्ने विषयमा सरकारले निर्णय लिनेछ । लकडाउनका बेला देशको सिँगो कामकाज ठप्पहँुदै आएको छ । अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय र कम्पनी बाहेक अन्य कलकारखना, उद्योगधन्दा, विद्यालयलगायत बन्द छन् । यसका कारण हुने खाने भन्दा हुँदा खानेहरुको दैनिकी नराम्ररी खल्बलिएको छ ।

व्यापार गर्नेहरुलाई बैंकबाट लिएको ऋण तिर्नका लागि यतिबेला निक्कै अप्ठेरो परिरहेको छ । समग्रमाभन्दा कोरोनाको सन्त्रासका कारण मुलुकको सिँगो अर्थव्यवस्था धरापमा परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले विभिन्न खाले निर्णय गरेको छ, जसले आम जनताको जीवनस्तरलाई केही सहज बनाउने देखिएको छ । बुँदागत रुपमा हेर्नोस जनताको राहतका लागि सरकारले गरेको १२ वटा निर्णय :

१. नेपाल राष्ट्रबैंकले साँवाब्याज तिर्ने ऋणिहरुका लागि तीन महिनाको समय थप गरेको छ । नेपाल सरकारको आग्रहमा राष्ट्रबैंकले चैत्र मसान्तसम्म तिर्नुपर्ने सावा तथा व्याज आगामी असार मसान्तसम्म तिर्न सकिने गरी समयावधि बढाएको जनाएको छ । तर चैत्र मसान्तभित्रै कसैले ब्याज तिर्न चाहेको खण्डमा उसलाई कुल व्याजमा १० प्रतिशत छुट दिन सकिने राष्ट्रबैंकको भनाई छ ।

२. श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएका युवा युवतीको हकमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् निकट भविष्यमै उनीहरुलाई स्वदेशमै विभिन्न रोजगारीका कार्यक्रमहरुमा सहभागी गराउने भएको छ । त्यसका लागि उनीहरुको लगत संकलन गरी छिट्टै सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत् केन्द्रमा जानकारी गराउन निर्देशन दिने निर्णय सरकारले गरेको छ ।

३. यस्तै सरकारले सरकारले लकडाउनको करिब १५ दिनको अवधिमा इन्टरनेट र भ्वाईस सेवा प्रयोग कर्ताहरुलाई २५ प्रतिशत छुट दिने निर्णय गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सम्बन्धित सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

४. यस्तै चैत्र महिनामा जतिदिन काम गरेको भएपनि रोजगारदाता निजी तथा सरकारी कम्पनीहरुलाई चैत्र महिनाको पुरै तलव रकम दिन सरकारले भनेको छ । यसका लागि कम्पनी तथा रोजगारदाताको लागि बैंकबाट विभिन्न खाले सेवा तथा सुविधा उपलब्ध गराउन पहल गर्ने निर्णय सरकारको छ ।

५.सरकारले कोरोना नियन्त्रणमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलगायतको निःशुल्क रुपमा २५ लाखसम्मको बिमा गरिदिने भएको छ ।

६. यस्तै सरकारले कोरोना रोगको महामारी नियन्त्रणका लागि कोरोना महामारी नियन्त्रण तथा व्यवस्थान केन्द्र (कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर) स्थापना गर्ने निर्णय गरेको र्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

७. विद्यूत महशुलमा २५ प्रतिशत छुटको व्यवस्था गर्दै आगामी बैशाख मसान्तभित्र महशुल बुझाएमा जरिवाना नलाग्ने निर्णय सरकारले गरेको छ ।

८. सरकारले लकडाउनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माध्यमिक तह सञ्चालनमा रहेका निजी स्कुलहरुलाई अनिवार्य रुपमा एक महिनाको विद्यालय शुल्क मिनाहा गर्न निर्देशन दिएको छ ।

९. यस्तै सरकारले सवारी नविकरण गर्दा बैशाख मसान्तसम्म जरिवाना नलाग्ने निर्णय गरेको छ । साथै महंगा सवारी साधन आयातमा प्रतिबन्ध लगाएको छ भने मदिरा आयातमा पनि प्रतिबन्ध लगाएको छ ।

१०. विश्व अर्थतन्त्रमा कोरोनाले पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्ने निर्णय गरेको छ ।

११. सरकारले आम नागरिकलाई राहत दिनका लागि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ्ग लिमिटेड र खाद्य संस्थानबाट विक्री वितरण हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

१२. सरकारले कोरोना संक्रमणको सम्भावित जोखिमलाई कम गर्न आगामी चैत्र २५ गते राति १२ बजेसम्म सिँगो मुलुकलाई लकडाउन गर्ने निर्णय समेत गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।
यी निर्णयले आम नागरिकलाई तत्कालीन अवस्थामा राहत हुने अपेक्षा नेपाल सरकारले लिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

Scientists’ Obligations During the COVID-19 Outbreak Scientists’ Obligations During the COVID-19 Outbreak

२०७६ फाल्गुन १३ गते मंगलबार

John D. Loike Since December 2019, the spread of...

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका...

Top