Best Khabar Team | २०७७ मंशिर २२ गते सोमबार
बन्दना सापकोटा
सल्यानटार, धादिङ्
०७ डिसेम्बर, २०२०
धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित मन्दिरबाट त्रिपुरासुन्दरी भगवतीलाई बेसी (साविकको आगिञ्चोक) को मन्दिरमा लगिएको छ । भगवतीको वार्षिक धार्मिक कार्यक्रम अन्र्तगत आज बिहानको विशेष शुभ साईतमा भगवतीलाई मन्दिरका पुजारी तथा पुरोहितलगायतले बेसीको मन्दिरमा लगेका हुन् । कोरोना कहरकै बीच भगवतीको सवारी चल्दा मन्दिरका नगर्जीहरुले बाजागाजा बजाएर भगवतीको जयजयकार गरेका थिए । यस्तै विगतमा झै यो वर्षपनि भगवतीको सवारीमा स्थानीयले खैजडी भजन गाएका थिए ।

कोरोना भाइरसको संत्रासका कारण योवर्ष भगवतीको सवारीमा सहभागी हुने भक्तजनहरुको संख्या भने केही पातलो देखिएको थियो । भगवतीलाई अब करिब ३ महिना बेसीको मन्दिरमा राखेर पुजा आराधना गर्ने गरिन्छ । नेपाल एकीकरणका बेला राष्टनिर्माता पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्न आउने क्रममा धादिङ्गको सल्यानकोटमा मा रहेको हालको मन्दिर (मुल मन्दिर भएको स्थान) को छेवैमा बास बसेको किंबदन्ती छ । राती सपनामा एउटा बालिकाले आएर उनलाई आर्शिवाद दिएको र त्यसपछि उनले नुवाकोट आक्रमणमा विजय प्राप्त गरेपछि यो स्थानमा मन्दिर स्थापना गरेको उनले दिव्योपदेशमा उल्लेख गरेका छन् ।
तत्कालीन शाह राजाहरुले त्रिपुरासुन्दरी भगवतीलाई आफ्नो कुल देवताको रुपमा पुजा आराधना गर्ने गरेको मन्दिरमा भएका शिलालेख, तत्कालीन राजरानीहरुको पटक पटकको मन्दिर उपस्थितिलगायतले पुष्टि गर्दछ । मुलुक संघीयतामा गएपछि अहिले यही मन्दिरको नामबाट यस क्षेत्रका ४ वटा गाविसहरुलाई मिलाएर त्रिपुरासुन्दरी गाउँपालिका समेत नामाकरण भएको छ । यो मन्दिरमा लाग्ने मेलालाई नेपालको पहाडी क्षेत्रमा हुने जात्रापर्व मध्येको सबैभन्दा ठूलो (धेरै मानिसहरु भेला हुने) पर्वको रुपमा लिने गरिएको छ । त्रिपुरासुन्दरी भगवतीको सल्यानकोटमा २ वटा र तल आगिन्चोकस्थित गणेस्थान नजिकै एउटा मन्दिर छ ।

बेसीको मन्दिरलाई भगवतीको माइतको रुपमा व्याख्या गरिएको छ । मंसीरपछि खेतिबालीको काम कम हुने भएकाले बुहारीहरुलाई माइतजान फुर्सद मिल्ने नेपाली पुरानो परम्परालाई भगवतीको सवारीसँग तुलना गर्ने समेत गरिएको छ । दशैंको नवरात्र, चैत्रेदशैलगायतका केही विशेष अवसरमा भगवतीलाई सल्यानकोटकै पूर्वी थुम्कोमा रहेको अर्को मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जहाँ पञ्चबलीहरुसमेत लगाउने गरिएको छ । जुन मन्दिरलाई भगवतीको मामाघरको रुपमा लिइन्छ भने पश्चिम थुम्कोमा रहेको मन्दिर (जहाँ भगवतीको ९ महिना पुजाआराधना हुने गर्दछ) लाई घरको रुपमा लिइन्छ ।
दशैंको टिकाको दिन भगवतीको बेसीको मन्दिरमा हुने सवारीको विशेष दिन तय गरिन्छ भने त्यसको जानकारी तिहारको भाइटिकाको दिन सर्वसाधारणलाई गराइन्छ । त्रिपुरासुन्दरी भगवतीको स्वरुपको बारेमा मन्दिरका पुजारी, मुलपुरोहितबाहेक अन्य कसैलाई केही जानकारी छैन । भगवतीलाई बेसीको मन्दिरमा ल्याउनु अघि हिजो सल्यानकोटमा रहेको मुल मन्दिरमा पनि दिनभर पुजाआराधना भएको थियो ।
जहाँ फुलको डोली चढाउने, दिप प्रज्वलन गर्नेलगायतका धार्मिक कार्यका लागि भक्तजनहरु उपस्थिति भएका थिए । भगवतीलाई चैत्र महिनाको विशेष साइतमा फेरि सल्यानकोटमा रहेको गाउँको मुल मन्दिरमा सवारी चलाइन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीलाई ३ महिनाका लागि ‘माइतको मन्दिर’ लगियो
२०७७ मंशिर २२ गते सोमबार
बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित...
आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु
२०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...
उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...
घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
Top