बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७६ असार २ गते सोमबार


१७ जुन, २०१९
काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाएकामा एक बालक, दुई महिला र तीन पुरुष छन् । उनीहरुको सनाखत हुन सकेको छैन । अक्करको भीरमा जीप खसेकोले उद्दारमासमेत कठिनाई भएको बताइएको छ । भीरमा दुर्घटनाग्रस्त जीप अड्किएको र मान्छेसमेत जान नसक्ने ठाउँ रहेकोले घाइतेहरुको उद्दारमा समस्या परेको छ ।

अहिले सुरक्षाकर्मी, स्थानीप्रशासन तथा स्थानीबासिन्दा घटनास्थलमा पुगेर उद्दारको प्रयास थालेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु भएकोले चालकले नियन्त्रण गुमाएको आशंका गरिएको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त

२०७७ माघ २२ गते बिहिबार

०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल २०२० पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका...

Top