Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै थियो ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित बढ्दै गएको र नेपालमा पनि संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउनको विकल्प नभएको सरकारको निष्कर्ष रहेको छ । लकडाउनको समयावधि भर निजी तथा सार्वजनिक गाडीहरु सञ्चालन, विद्यालय, कलकारखनालगायत मानिसहरुको सहभागिता रहने क्षेत्रहरु पूर्णरुपमा बन्द रहनेछन् भने अत्यावश्यक बाहेक अन्य कामले घरबाहिर निस्कन पाइने छैन ।

यसैबीच सरकारले यो पटक थप गरेको लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । त्यसका लागि सवारी पास लिएकाहरुलाई पनि अत्यावश्यक बाहेक अन्य कामका लागि सडकमा आउन नदिने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्ने क्रम तीव्र बनेपछि सरकारले देशभर लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौं उपत्यका भित्रने सबै नाकाहरुलाई पनि थप कडा गरिने सरकारको निर्णय छ । यसका लागि विरामी तथा अति नै आवश्यक कामका लागि काठमाडौं आउने र बाहिरिने बाहेक अन्यलाई आउजाउ गर्न नाकाबाटै निधेष गरिने भएको छ । नेपालमा हालसम्म कोरोना संक्रममितको संख्या ८२ पुगेको छ । यी मध्ये १६ जना यसअघि नै उपचारपछि घर फर्केको भएपनि ती मध्ये ३ जनामा पुनः कोरोना देखिएपछि अस्पतालमै उपचाररत छन् । आजमात्रै पर्साको वीरगञ्जबाट ४ जना भारतीय नागरिक कोरोना संक्रमण निको भएर घर फर्केका छन् । लकडाउन उल्लंघन गर्नेलाई सरकारले कडा कारबाही गर्ने भन्दै महामारी नियन्त्रणको यो अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
Top