Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै थियो ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित बढ्दै गएको र नेपालमा पनि संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउनको विकल्प नभएको सरकारको निष्कर्ष रहेको छ । लकडाउनको समयावधि भर निजी तथा सार्वजनिक गाडीहरु सञ्चालन, विद्यालय, कलकारखनालगायत मानिसहरुको सहभागिता रहने क्षेत्रहरु पूर्णरुपमा बन्द रहनेछन् भने अत्यावश्यक बाहेक अन्य कामले घरबाहिर निस्कन पाइने छैन ।

यसैबीच सरकारले यो पटक थप गरेको लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । त्यसका लागि सवारी पास लिएकाहरुलाई पनि अत्यावश्यक बाहेक अन्य कामका लागि सडकमा आउन नदिने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्ने क्रम तीव्र बनेपछि सरकारले देशभर लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौं उपत्यका भित्रने सबै नाकाहरुलाई पनि थप कडा गरिने सरकारको निर्णय छ । यसका लागि विरामी तथा अति नै आवश्यक कामका लागि काठमाडौं आउने र बाहिरिने बाहेक अन्यलाई आउजाउ गर्न नाकाबाटै निधेष गरिने भएको छ । नेपालमा हालसम्म कोरोना संक्रममितको संख्या ८२ पुगेको छ । यी मध्ये १६ जना यसअघि नै उपचारपछि घर फर्केको भएपनि ती मध्ये ३ जनामा पुनः कोरोना देखिएपछि अस्पतालमै उपचाररत छन् । आजमात्रै पर्साको वीरगञ्जबाट ४ जना भारतीय नागरिक कोरोना संक्रमण निको भएर घर फर्केका छन् । लकडाउन उल्लंघन गर्नेलाई सरकारले कडा कारबाही गर्ने भन्दै महामारी नियन्त्रणको यो अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ
२०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...
इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको...
Top