कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा र सुविधाको हिसावले ‘पाँचतारे उपाधी’ पाएको विमान उडान कम्पनी कतार एयरले विश्वभर कोरोनाका विरुद्ध अग्रमोर्चामा रहेर विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क रुपमा हवाई उडान गराउने भएको छ । विश्वका स्वास्थ्यकर्मीलाई एयरलाईन्सले १ लाख टिकट निःशुल्करुपमा उपलब्ध गराउने अभियान थालेको हो । गत मे १२ तारिखका दिन अन्र्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर शुरु गरेको नाम दर्ताको समय आज राती कतारी समय अनुसार रातको ११ बजेर ५९ मिनेटसम्म मान्य रहने एयरलाईन्सले जनाएको छ ।

विश्वभर कोरोना भाइरसका विरुद्ध अग्रमोर्चामा लड्ने स्वास्थ्यकर्मीहरुको कामको उच्च सम्मान गर्दै उनीहरुलाई निःशुल्क रुपमा हवाई उडानको टिकट उपलब्ध गराउन लागिएको कम्पनीको भनाई छ । कुनै एउटा निश्चित गन्तव्यमा जानको लागि एकपटक मात्रै यो सेवा उपलब्ध हुने कम्पनीको भनाई छ ।

आजराती (मे १८ तारिख) कतारको स्थानीय समय अनुसार रातको १२ बज्न १ सेकेन्ड बाँकी हुँदासम्म नाम दर्ता जारी रहने कम्पनीको भनाई छ । कोरोनाको संक्रमण फैलिएको देश र ती देशमा बसेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई यो अभियानमा विशेष प्राथमिकता दिइने कम्पनीको भनाई छ ।

विशेषगरी विरामीको उपचारमा खटिएका नर्स, डाक्टर, प्यारामेडिक्स, ल्याब टेक्निसियन, क्लिनिकल अनुसन्धानकर्ताहरु तथा फर्मासिस्टहरुलगायतले आफूले चाहेको एउटा गन्तव्यमा निःशुल्क रुपमा एकपटकको यात्रा गर्न पाउनेछन् । यसरी प्रदान गरिने टिकट यात्रा गर्ने स्वास्थ्यकर्मीको गन्तव्य र त्यसमा हुने ट्रान्जिट हेरेर बढीमा २ वटासम्म हुनेछ । साथै यो ‘इकोनोमी क्लास’को हुने कम्पनीले आफ्नो वेबसाईटमा उल्लेख गरेको छ ।

एयरलाईन्सले तोकेको मापदण्ड तथा दर्तालगायतको प्रक्रियामा सहभागीता जनाउन यो लिंकमा क्लिक गरेर आफ्नो विवरण अद्यावधिक गराउन सकिने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले...

युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’ युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...

Top