Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२०
काठमाडौं । ३ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ आगामी फागुन १४ गतेका लागि तय भएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले विशेष कारणबस स्थगित गर्नुपरेको जनाएको छ ।
त्रिविले आज एक विज्ञप्ति निकालेर फागुन १४ का लागि तय गरिएको स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नुपरको जनाएको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नका लागि परिपत्र समेत गरिएको उल्लेख छ ।
हाल त्रिभुवव विश्वविद्यालयमा रेक्टर पद रिक्त रहेका कारण तत्कालका लागि चुनाव स्थगित भएको हुनसक्ने आशंका गरिएपनि बास्तविक कारण भने खुल्न सकेको छैन । यसअघि विक्रम सम्बत २०७३ सालमा स्ववियुको निर्वाचन भएको थियो ।

हरेक दुई दुई वर्षमा स्ववियुको निर्वाचन हुनुपर्ने भएपनि विभिन्न कारणले निर्धारित मितिमा स्ववियुको निर्वाचन हुन सकिरहेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु
२०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...
एकै टोलका १५ जनामा कोरोना संक्रमण
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...
प्यूठान दुर्घटना : रोल्पाका ७ मजदुरको ज्यान गयो
२०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर...
कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...
Top