रोकियो स्ववियु चुनाव

Best Khabar Team | २०७६ फाल्गुन ६ गते मंगलबार


१८ फेब्रुअरी, २०२०
काठमाडौं । ३ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ आगामी फागुन १४ गतेका लागि तय भएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयले विशेष कारणबस स्थगित गर्नुपरेको जनाएको छ ।

त्रिविले आज एक विज्ञप्ति निकालेर फागुन १४ का लागि तय गरिएको स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नुपरको जनाएको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई स्ववियु निर्वाचन तत्कालका लागि स्थगित गर्नका लागि परिपत्र समेत गरिएको उल्लेख छ ।

हाल त्रिभुवव विश्वविद्यालयमा रेक्टर पद रिक्त रहेका कारण तत्कालका लागि चुनाव स्थगित भएको हुनसक्ने आशंका गरिएपनि बास्तविक कारण भने खुल्न सकेको छैन । यसअघि विक्रम सम्बत २०७३ सालमा स्ववियुको निर्वाचन भएको थियो ।

हरेक दुई दुई वर्षमा स्ववियुको निर्वाचन हुनुपर्ने भएपनि विभिन्न कारणले निर्धारित मितिमा स्ववियुको निर्वाचन हुन सकिरहेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झापामा पनि भेटिए कोरोना संक्रमित झापामा पनि भेटिए कोरोना संक्रमित

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...

प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

Top