अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


१७ अप्रिल, २०२०
काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले अब लामो दुरीमा रहेका गन्तव्यमा हिँडेर जान समेत प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दुरीमा हिँडेर जाँदा मजदुरहरु दोहोरो जोखिममा पर्ने भन्दै तत्कालका लागि लामो दुरीमा हिँडेर गरिने आवात जावतमा रोक लगाउन निर्देशन दिएका हुन् ।

योसँगै अब काठमाडौंलगायत देशका विभिन्न भूभागबाट आफ्नो घरगाउँ वा गन्तव्यमा हिँडेरै पुग्ने लक्ष्य लिएय बीचबाटोमा पुगेकाहरु थप समस्यामा पर्ने देखिएका छन् । देशका विभिन्न ठाउँमा बन्दाबन्दीका कारण मजदुरहरु हिँडेरै गन्तव्यमा पुग्ने क्रममा मजदुर र उनीहरुको परिवारले कष्टकर जीवन भोग्न बाध्य भएको फोटो तथा भिडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारको यस्तो निर्देशन आएको हो ।

तस्वीर साभार : नेपाल लाईभ

प्रधानमन्त्री ओलीले आज कोरोना नियन्त्रण उच्चस्तरीय समितिलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाएर बोलाएर तत्काल मजदुर तथा अन्य नागरिकलाई हिँडेर गन्तव्यमा जान रोक लगाउन दिर्नेशन दिएका हुन् । उनले उनीहरुको लागि खान तथा बस्नको प्रबन्ध मिलाउन सम्बन्धित स्थानका जनप्रतिनिधि तथा स्थानीय सरकारलाई निर्देशन समेत दिएका छन् । उनले अत्यावश्यक बाहेकका आवतजावतहरु बन्द गर्न कडा निर्देशन दिएका छन् ।

कोरोनाको संक्रमण फैलिनबाट जोगाउन सरकारले यो निर्णय लिनुपरेको भन्दै यसले नागरिकमा तत्कालीन समस्या थपेपनि रोग फैलन नदिन यो नै प्रभावकारी उपाय भएको बताएका छन् । मजदुर तथा कामदार जहाँ पुगेको र जस्तो अवस्थामा पुगेको भएपनि उनीहरुलाई त्यही खाद्यान्न पु-याउन आग्रह गरेका हुन् ।

अहिले लकडाउनका कारण रोजीरोटी गुम्दा काठमाडौंलगायत शहरी क्षेत्रमा बस्ने कामदार र उनीहरुको परिवार हप्तौलगाएर बालबालिका च्यापेर गन्तव्यतर्फ अघिबढ्ने क्रम तीब्र बनेको छ । प्रधानमन्त्रीले स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुलाई यो विषयमा कडा निर्देशन दिन उच्चस्तरीय संयन्त्रणलाई आग्रह गर्नुभएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

एकै टोलका  १५ जनामा कोरोना संक्रमण एकै टोलका १५ जनामा कोरोना संक्रमण

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...

Top