अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर) महिनाका दिनहरु छोटिँदै जाँदा कोरोना भाइरसका संक्रमण थप बढ्नसक्ने अनुमान गरिएको छ । गर्मी सकिएर जाडो यामको शुरुवातलगत्तै एकपटक युरोपमा फेरि कोरोना भाइरसको प्रकोप बढ्नसक्ने विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशकले बताएका छन् ।

डब्लुएचओ युरोप क्षेत्रका निर्देशक डा. हान्सक्लग

हालै डेनमार्कको कोपनहेगनमा डब्लुएचओका युरोप क्षेत्रका निर्देशक डा. हान्सक्लगले विज्ञहरुको भनाई र प्राप्त तथ्यहरुलाई आधार मानेर गरिएको अनुसन्धानबाट जाडो मौसममा कोरोनाको संक्रमण थप बढ्ने पुष्टि भएको बताएका हुन् । उनले युरोपमा विन्टर शुरुभएसँगै कोरोना संक्रमितको संख्या बढ्नसक्ने भन्दै सतर्क र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेष गरी युरोपमा अहिले समर चलिरहेका कारण कोरोना संक्रमितको संख्या केही कम भएपनि अक्टोबरपछि युरोपमा विस्तारै चिसोयाम शुरुहुने र त्यतिबेला कोरोना संक्रमण तीब्र बन्नसक्ने उनको अनुमान छ ।

अहिले धेरैजसो बृद्दबृद्धाहरु कोरोनाको चपेटामा परेको भएपनि चिसो मौसममा भने युवायुवतीहरुलाई समेत यो संक्रमणले समात्नसक्ने अड्कालबाजीहरु गरिएको छ । यस्तै बालबालिकामा पनि चिसो मौसममा सिजनल फ्लुको जोमिमा सँधै रहने भएको र त्यसमाथि पनि कोरोनाको जोखिम बढी हुने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । उनले आफ्नो भविष्यबाणी डर र त्रास फैलाउन नभै चेतावनी र सजगताको लागि भएको स्पष्ट पारेका छन् । न्यून आर्द्रतामा कोरोना भाइरस फैलिने दर उच्च हुने विभिन्न अध्ययनहरुले पुष्टि गरेको सन्दर्भमा जाडो महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्नसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विश्वका अधिकांश देशहरुमा कोरोना संक्रमण शुरुभएको ५/६ महिना वितिसक्दा समेत नयाँ संक्रमितहरु भेटिइरहेका कारण तत्काल यो रोग नियन्त्रणमा आयो भन्न सक्ने अवस्था रहेको चिकित्सकहरु बनाउँछन् । केही टापु देशहरुले आफ्नो देशलाई कोरोनमुक्त भनेर घोषणा गरेपनि इटली, स्पेनलगायतका देशहरुमा अहिले पनि दैनिक सयौंको संख्यामा नयाँ संक्रमितहरु भेटिइरहेका छन् । विश्वमा सबैभन्दा पहिला कोरोना संक्रमित भेटिएको चीनमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्मरणीय के छ भने चीनमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । चीनमा नयाँ संक्रमितको संख्या घटेको भएपनि देखिन छाडेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

२०७६ चैत्र २१ गते शुक्रबार

०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

Top