Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०
ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर) महिनाका दिनहरु छोटिँदै जाँदा कोरोना भाइरसका संक्रमण थप बढ्नसक्ने अनुमान गरिएको छ । गर्मी सकिएर जाडो यामको शुरुवातलगत्तै एकपटक युरोपमा फेरि कोरोना भाइरसको प्रकोप बढ्नसक्ने विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशकले बताएका छन् ।

हालै डेनमार्कको कोपनहेगनमा डब्लुएचओका युरोप क्षेत्रका निर्देशक डा. हान्सक्लगले विज्ञहरुको भनाई र प्राप्त तथ्यहरुलाई आधार मानेर गरिएको अनुसन्धानबाट जाडो मौसममा कोरोनाको संक्रमण थप बढ्ने पुष्टि भएको बताएका हुन् । उनले युरोपमा विन्टर शुरुभएसँगै कोरोना संक्रमितको संख्या बढ्नसक्ने भन्दै सतर्क र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेष गरी युरोपमा अहिले समर चलिरहेका कारण कोरोना संक्रमितको संख्या केही कम भएपनि अक्टोबरपछि युरोपमा विस्तारै चिसोयाम शुरुहुने र त्यतिबेला कोरोना संक्रमण तीब्र बन्नसक्ने उनको अनुमान छ ।
अहिले धेरैजसो बृद्दबृद्धाहरु कोरोनाको चपेटामा परेको भएपनि चिसो मौसममा भने युवायुवतीहरुलाई समेत यो संक्रमणले समात्नसक्ने अड्कालबाजीहरु गरिएको छ । यस्तै बालबालिकामा पनि चिसो मौसममा सिजनल फ्लुको जोमिमा सँधै रहने भएको र त्यसमाथि पनि कोरोनाको जोखिम बढी हुने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । उनले आफ्नो भविष्यबाणी डर र त्रास फैलाउन नभै चेतावनी र सजगताको लागि भएको स्पष्ट पारेका छन् । न्यून आर्द्रतामा कोरोना भाइरस फैलिने दर उच्च हुने विभिन्न अध्ययनहरुले पुष्टि गरेको सन्दर्भमा जाडो महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्नसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।
विश्वका अधिकांश देशहरुमा कोरोना संक्रमण शुरुभएको ५/६ महिना वितिसक्दा समेत नयाँ संक्रमितहरु भेटिइरहेका कारण तत्काल यो रोग नियन्त्रणमा आयो भन्न सक्ने अवस्था रहेको चिकित्सकहरु बनाउँछन् । केही टापु देशहरुले आफ्नो देशलाई कोरोनमुक्त भनेर घोषणा गरेपनि इटली, स्पेनलगायतका देशहरुमा अहिले पनि दैनिक सयौंको संख्यामा नयाँ संक्रमितहरु भेटिइरहेका छन् । विश्वमा सबैभन्दा पहिला कोरोना संक्रमित भेटिएको चीनमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्मरणीय के छ भने चीनमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । चीनमा नयाँ संक्रमितको संख्या घटेको भएपनि देखिन छाडेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !
२०८२ बैशाख २७ गते शनिबार
१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...
Top