Best Khabar Team | २०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९
टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा २० वर्षअघि एक युवतीको बलात्कार पछि विभत्स हत्याकाण्ड मच्चाउने मुख्य अभियुक्तलाई अमेरिकी प्रहरीले पक्राउ पश्चात् नेपाल प्रहरीलाई बुझाएको छ ।
नेपालमा अपराध गराएर अमेरिकामा लुकिछिपी बस्दै आएका झापा चन्द्रगढीका लिलाराज गौतमलाई नेपाल प्रहरीको अनुरोधमा अमेरिकी प्रहरीले पक्राउ गरेको हो । पक्राउलगत्तै नेपाल प्रहरीको जिम्मा लगाएका अभियुक्तलाई नेपाल प्रहरीले हिजो काठमाडौं ओर्लेलगत्तै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

टर्किस एयरको विमान हुँदै नेपाल पुगेका उनलाई विमानस्थलमा पुगेको नेपाल प्रहरीलको विशेष टोलीले नियन्त्रणमा लिएको हो । हत्याकाण्डका अभियुक्त गौतम विगत १० वर्षदेखि अमेरिकामा बस्दै आइरहेका थिए ।
नेपाल प्रहरीको आग्रहमा अमेरिकास्थित इन्टरपोल वाशिंटनले गौतमलाई २०१८ को फेब्रुअरी १३ मा पक्राउ गरेको गरी हिरासतमा राखेकोमा हिजो नेपाल पठाएको हो । गत सेप्टेम्बरमा उनलाई नेपाल पठाउन त्यहाँको अदालतले आदेश दिएको थियो ।
अभियुक्त गौतमसहित अरु २ जना मिली झापाको चन्द्रगढी ३ बस्ने सन्ध्या राजबंशीको २०५७ साल असोज २९ गते बलात्कार पछि घाँटी थिचेर हत्या गरेका थिए । हत्या पछि प्रहरीमा परेको उजुरीपछि अदालतमार्फत् मुद्दा अघि बढाइको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जोडियो पोखरा–विराटनगर हवाई सेवा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...
Top