Best Khabar Team | २०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९
टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा २० वर्षअघि एक युवतीको बलात्कार पछि विभत्स हत्याकाण्ड मच्चाउने मुख्य अभियुक्तलाई अमेरिकी प्रहरीले पक्राउ पश्चात् नेपाल प्रहरीलाई बुझाएको छ ।
नेपालमा अपराध गराएर अमेरिकामा लुकिछिपी बस्दै आएका झापा चन्द्रगढीका लिलाराज गौतमलाई नेपाल प्रहरीको अनुरोधमा अमेरिकी प्रहरीले पक्राउ गरेको हो । पक्राउलगत्तै नेपाल प्रहरीको जिम्मा लगाएका अभियुक्तलाई नेपाल प्रहरीले हिजो काठमाडौं ओर्लेलगत्तै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

टर्किस एयरको विमान हुँदै नेपाल पुगेका उनलाई विमानस्थलमा पुगेको नेपाल प्रहरीलको विशेष टोलीले नियन्त्रणमा लिएको हो । हत्याकाण्डका अभियुक्त गौतम विगत १० वर्षदेखि अमेरिकामा बस्दै आइरहेका थिए ।
नेपाल प्रहरीको आग्रहमा अमेरिकास्थित इन्टरपोल वाशिंटनले गौतमलाई २०१८ को फेब्रुअरी १३ मा पक्राउ गरेको गरी हिरासतमा राखेकोमा हिजो नेपाल पठाएको हो । गत सेप्टेम्बरमा उनलाई नेपाल पठाउन त्यहाँको अदालतले आदेश दिएको थियो ।
अभियुक्त गौतमसहित अरु २ जना मिली झापाको चन्द्रगढी ३ बस्ने सन्ध्या राजबंशीको २०५७ साल असोज २९ गते बलात्कार पछि घाँटी थिचेर हत्या गरेका थिए । हत्या पछि प्रहरीमा परेको उजुरीपछि अदालतमार्फत् मुद्दा अघि बढाइको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...
अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द
२०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले...
Top