Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१
काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका विभिन्न जिल्लामा देखिएको कोरोना भाइरस संक्रमित र उनीहरुमा देखिएको संक्रमणको प्रकृति हेर्दा यो निक्कै गम्भीर रहेको विज्ञहरुले बताएका छन् । अहिले देखिएको भारतको नयाँ स्वरुप बढी संक्रामक रहेको भन्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले बेलैमा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । गएको वर्ष भन्दा यो वर्षको चैत्रयता भेटिएका संक्रमितको प्रकृति, उमेर र असरलगायतलाई हेर्दा दोश्रो लहरमा भाईरस बढी संक्रामक रहेको पाइएको छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बधित विभिन्न व्यक्तिहरुले बेलैमा सरकार र सम्बन्धित सबैले कडा मापदण्ड अपनाएर सावधानी अनपनाए त्यसको परिणाम भयाबह बन्नसक्ने चेतावनी दिएका छन् । त्यसका लागि विशेषगरी बढी मानिसहरुको भेला हुने सभा, समारोह, विद्यालय, क्याम्पसलगायतमा मानिसहरुको भौतिक उपस्थिति तत्काल बन्दगर्न उनीहरुले सुझाव दिएका छन् । पछिल्ला दिनहरुमा देखिएको कोरोना भाइरसको संक्रमणको अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कोरोना रोग रोकथाम उच्चस्तरीय समितिलगायतमा सहभागी विशेषज्ञ चिकित्सकहरुले यो पटक देखिएको कोरोना भाइरसले सबै उमेर समूहलाई समान रुपमा आक्रमण गरेको र गतवर्षको भन्दा यो बढी जोखिमपूर्ण देखिएको बताएका हुन् ।

महाशाखाका निर्देशक डा.कृष्ण पौडेलका अनुसार अहिले देखिएको संक्रमण बाहिरबाट आउनेहरुबाट सर्ने भन्दापनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने (समुदायस्तरमा) खालको रहेको छ । जसका कारण विद्यालय तथा क्याम्पस क्षेत्र बढी जोखिमपूर्ण देखिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना नियन्त्रणका लागि तत्काल शहरी क्षेत्रको विद्यालयहरुलाई भौतिक उपस्थितिको साटो अनलाईनमा सहभागी भएर पठनपाठन गराउन आग्रह गरेको थियो । तर विद्यालय सञ्चालकहरुले यसलाई बेवास्ता गर्दै आइरहेका कारण भोलिका दिनमा गम्भीर परिणाम आउनसक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।
संक्रमितमध्ये १० प्रतिशत बालबालिका
गतवर्षको संक्रमणका बेला बालबालिकामा कोरोना संक्रमणको दर अत्यन्तै न्यून रहेको भएपनि अहिले दैनिक देखिएका १ सय जना कोरोना संक्रमित मध्ये १० जना बालबालिका रहेको तथ्यांक सार्वजनिक भएको छ । विशेष गरी विगतमा कोरोनालाई मध्यजनर गर्दै बेलैमा विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका कारण बालबालिका घरमै बस्न बाध्य भएका थिए । जसका कारण कोरोना संक्रमणको जोखिम पनि कम थियो ।
त्यसैले गतवर्ष नेपालमा न्यून संख्यामा मात्रै बालबालिका कोरोना संक्रमणमा परेका थिए । तर योवर्ष कोरोना भुसको आगो झै फैलँन थालिसक्दा क्याम्पस तथा विद्यालयहरु बन्द भएका छैनन् । जसका कारण कोरोनाको जोखिम थप बढेको छ । छिमेकी मुलुक भारतले कोरोना अति प्रभावित अधिकांश राज्यमा अहिले विद्यालयहरु बन्द गरेको छ । तर अहिले नेपालमा दैनिक ५० यस भन्दा बढी कोरोना संक्रमित बढ्दै जाँदा समेत विद्यालयहरु बन्द गरिएका छैनन् । जसका कारण जोखिम थप बढेको चिकित्सकहरु बताउँछन् । यसका अलावा अहिले पिसिआर चेक गरिएका मध्ये ५२ प्रतिशतमा कोरोना संक्रमण देखिएसँगै यसको जोखिम सहजै अनुमान गर्न सकिने विज्ञहरुको भनाई छ ।
सिमामा नाम मात्रैको परिक्षण
छिमेकी मुलुक भारतमा अहिले दैनिक पौने २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिँदै गएपछि त्यसको असर नेपालमा पनि पर्न थालेको छ । विशेष गरी भारतमा रोजगारीमा गएका तथा भारतबाट नेपाल आउन चाहने भारतीय तथा नेपाली नागरिकहरुको यतिबेला सिमा नाकामा लामो भीड देख्न सकिन्छ । सिमा क्षेत्रमा स्वास्थ्य चेकजाँच गर्ने पोस्ट भएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । विगतमा नेपाल भित्रनेहरुको तापक्रम चेक गरी उनीहरुको रेकर्ड राख्ने गरिएको भएपनि अहिले नेपाल भित्रन चाहनेको संख्या थेग्नै नसक्ने गरी बढेपछि परिक्षण विना नै अहिले दैनिक हजारौंजना नेपाल भित्रिइरहेका छन् ।

जसमा भारतीय नागरिहरुको संख्या उल्लेख्य रहेको छ । भारतभन्दा नेपालमा कम जोखिम रहेको भन्दै भारतीय नागरिकहरु अहिले दैनिक सयौंको संख्यामा नेपाल घुसिरहेका छन् । यो कारणले पनि कारण जोखिम पनि जोखिम बढेको विज्ञहरु बताउँछन् ।
यसका अलावा विदेशबाट आउनेहरुले अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्ने व्यवस्था नहुनु तथा विगतका वर्षहरुमा जस्तो आम नागरिकहले पनि कोरोना फैलन नदिन अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाईदिँदा समस्या जटिल बन्दै गएको छ ।
देशका कतिपय जिल्लामा रहेको अस्पतालहरुको कोरोना उपचार सेन्टरहरुमा अहिले दैनिक कोरोनाका विरामीहरु थपिईरहेका छन् । जसका कारण अस्पतालहरुले अन्य विरामीको उपचारमा समस्या देखिन थालेको छ । गतवर्ष झै यो वर्ष क्वारेन्टाइन र आइसोलेसन सेन्टरपनि पर्याप्त रुपमा रहेको देखिँदैन । गतवर्ष देशका सबै गाउँपालिका तथा नगरपालिकामा विद्यालयहरु बन्द गरेर क्वारेन्टिन र तथा आइसोलेसन सेन्टर स्थापना गरिएको भएपनि यो वर्ष त्यसो हुन सकेको छैन ।
यदि भारतकै गतिमा नेपालमा कोरोना फैलन थाल्ने हो भने भोलिका दिनमा अस्प्तालहरुले उपचारसेवा प्रदान गर्न नसक्ने भन्दै विज्ञहरुले बेलैमा सावधानी अपनाउन अपिल गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...
नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै
२०७७ बैशाख ७ गते आइतबार
१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...
परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...
New Zealand Natural Disaster : 5 Dead and many mising
२०७६ मंशिर २३ गते सोमबार
09, Dec, 2019 New Zealand, At least five people...
Top