ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार


०६ जुन, २०१९
न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना नागरिकलाई अमेरिका सरकारले रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यही जुन ४ तारिख, मंगलबारदेखि लागूहुने गरी यो प्रतिबन्ध लगाएको घोषणा गरेको हो । यसअघि अमेरिका सरकारी तथा निजी विद्यालय, सरकारी कर्मचारीलगायत पानीजहाजबाट शैक्षिक भ्रमण, पिकनिकलगायत मनाउन क्युवा जाने गरेका थिए ।

ट्रम्प प्रशासनको प्रतिबन्धसँगै अब अमेरिकी नागरिकहरु क्युवा भ्रमणमा जान नपाउने भएका छन् । अमेरिकी सरकारको यो कमदलाई क्युवाली सरकारले कडा शब्दमा भत्र्सना गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी सरकारको यो घोषणाले क्युवाको अर्थतन्त्रमा नराम्रो धक्का पुग्नेछ । किनकी वर्षेनी दशौंलाख अमेरिकी नागरिकले क्युवाको भ्रमण गर्ने गरेको र यसका कारण क्युवाको अर्थतन्त्र चलायमान हुँदै आएको थियो ।

पछिल्लो समयमा भेनेजुयलासँगको सम्बन्ध चिसिएपछि अमेरिकाले क्युवा भ्रमणमा आफ्ना नागरिकहरुलाई प्रतिबन्धको घोषणा गरेको हो । पर्यटकबाट प्राप्तहुने आम्दानी क्युवाली सरकारले भेनेजुयला पठाउने गरेको आरोप अमेरिकको छ । भेनेजुयलाले अमेरिकामा अशान्ति फैलाउन ठूलो भूमिका खेलेको अमेरिकी आरोप छ । तर क्युवाले भने यो आरोपको ठाडै खण्डन गरेको छ । अमेरिकी विदेश मन्त्रालयल क्युवाली सरकारले वर्षेनी लाखौं अमेरिकी डलर भेनेजुएलाका राष्ट्रपतिलाई दिइरहेको आफूहरुको अनुसन्धानबाट खुलेको जनाएको छ ।

क्युवाको पर्यटकीय हवाना सहर । तस्वीर साभार : गेट्टी इमेज

पछिल्लो समयमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन लागि परेको र त्यसमा क्युवा सरकारले आर्थिक सहयोग प्रदान गर्दै आएको दाबी गरेको छ । यो प्रतिबन्धसँगै क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने अवस्थाको पनि अन्त्य हुने देखिएको छ ।

स्मरणीय के छ भने यसअघि अमेरिका र क्युवाबीचको कटुतापूर्ण सम्बन्ध अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओवामाको पालामा केही सकारात्मक बनेको थियो । क्युवामा दुतावास नै खोलेर ओवामा प्रशासनले दुईदेबीचको सम्बन्ध सुधार्ने कोशिष गर्नुभएको थियो । जसको अन्र्तराष्ट्रिय समुदायले खुलेर प्रसंसा गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

कमल थापाले गरे अख्तियारको प्रशंसा कमल थापाले गरे अख्तियारको प्रशंसा

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

Top