कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


१७ अप्रिल, २०२०
मानमा । बैदेशिक रोजगारीको लागि बहराईन आएका थप २७ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । परीक्षणका क्रममा आज मात्रै थप २७ जनामा कोरोना संक्रमण भेटिएको हो ।

एउटै कम्पनीमा काम गर्ने उनीहरुमा कोरोनाको संक्रमण देखिएको भएपनि उनीहरुको परिचय खुलाइएको छैन । संक्रमितहरुलाई अहिले अस्पतालमा उपचार थालिएको छ । यद्यपि उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

बहराईनस्थित नेपाली दुतावासका अनुसार कम्पनीमा काम गर्ने भारतीय र अन्य देशका नागरिकहरुमा पनि कारोनाको संक्रमण भएको छ । उनीहरुलाई पनि अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यस्तै यूएई र कुबेतमा रहेका नेपालीहरुमध्ये थप ७ जनामा कोरोना संक्रभण पुष्टि भएको छ ।

दुतावासका अनुसार युएईको एउटै कम्पनीमा कार्यरत ६ जना नेपाली र कुवेतमा कार्यरत एक नेपाली गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको पनि अवस्था सामान्य रहेको छ । दुतावासले कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक सुरक्षा सावधानी अपनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो  (भिडियोसहित) लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए

२०७७ माघ ३ गते शनिबार

१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...

Top