Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२०
काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय उडान बैशाख १८ अर्थात् आगामी अप्रील ३० सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण र रोकथाम सम्बन्धी सरकारी संयन्त्रको आज बसेको बैठकले विश्वका विभिन्न मुलुकमा हाल विद्यमान कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अप्रिल ३० सम्मको लागि अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । योसँगै अब आगामी बैशाख १८ गतेसम्म विश्वका कुनैपनि मुलुकबाट यात्रुबाहक विमान यात्रु लिएर नेपाल जान पाउने छैनन् ।
नेपालमा आउने कतिपय अन्तर्राष्ट्रिय उडान कम्पनीहरुले उडान प्रतिबन्ध लगाएकै बेला नेपाल सरकारले पनि यो निर्णय गरेको हो । विश्वका धेरै देशहरुले अहिले अन्र्तराष्ट्रिय उडान कटौती तथा कतिपयले ठप्प पारेका छन् । यसको प्रभाव नेपालको हवाई आकाशमा पनि देखिएको छ । यसअघि सो संयन्त्रले आगामी बैशाख ०३ गतेसम्मका लागि हवाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या विश्वका विभिन्न मुलुकमा थपिँदै गएका कारण उडानको समय थप पछि धकेल्नु परेको बताइएको छ ।
यद्यपि नेपालमा रहेका विदेशी पर्यटकको उद्दारका लागि भने विश्वका जुनसुकै मुलुकबाट पनि विमानहरु आउन पाउने व्यवस्था सरकारले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...
बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो
२०७७ असार ४ गते बिहिबार
बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...
भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
Top