कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा ११ जना, सप्तरीमा ९ जना, धनुषामा ७, रौतहटमा ६ जना रहेका छन् ।

यस्तै, दाङमा ५ जना, महोत्तरीमा ४ जना, पर्सामा २ जना, संखुवासभामा २ जना र झापामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यता ललितपुर र बारा जिल्लामा पनि थप एक एक जनामा कोरोना संक्रमित भेटिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या १हजार ४ सय १ पुगेको छ । संक्रमणमा परेकामध्ये २ सय १९ जनाको उपचार सफल भएको छ ।

यस्तै देशका विभिन्न भागमा ६ जना कोरोना संक्रमणमा परी मृत्युबरण गर्न पुगेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...

मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...

बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको  निधन,  ज्यान गुमाउनेको संख्या ३ पुग्यो बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...

चीनका नेपालीको उद्दार कहिले ? चीनका नेपालीको उद्दार कहिले ?

२०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...

Top