आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान

Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार


२२ जुलाई, २०२०
काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनसक्ने भन्दै देशभर जारी गरेको लकडाउन आज बुधबारबाट औपचारिक रुपमा हटेको घोषणा गरेको छ । सरकारले गएराति १२ बजेबाट लागू हुने गरी लकडाउन खुल्ला गरेसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । लकडाउन हटेसँगै देशैभर छोटो दुरीका गाडीहरु सञ्चालन शुरु भएको छ ।

एउटा जिल्लाभित्र यसअघि जोर विजोरको आधारमा सवारी साधन सञ्चालन हुँदै आएको थियो । तर सरकारले आज रातिबाट लकडाउन खुल्ला गरेसँगै काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा रात्रिकालीन ट्याक्सी तथा अन्य भाडाका गाडीहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुल्ला भएसँगै सकरारी कार्यालयहरुले पनि निश्चित मापदण्ड पुरा गरेर आजैबाट नियमित र पूर्ववत रुपमा सरकारी सेवा शुरु गर्ने भएका छन् ।

यसअघि कोरोनाको त्रास बढेको भन्दै सरकारी कार्यालयहरुको कामकाज २ वटा सत्रमा सञ्चालन हुँदै आएको थियो । सरकारले यदपि सरकारले सुरक्षा जोखिम कायम रहेको भन्दै विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गरी माक्स लगाउन र सामाजिक दुरी कायम गर्न सबैलाई आग्रह गरेको छ । यस्तै निरन्तर रुपमा सावुन पानीले हात हुने र स्यानिटाइजर लगाउन पनि सरकारले भनेको छ । सरकारको यो निर्णयसँगै यातयात व्यवसायीहरुले पनि भोलिबाटै सवारी साधन सञ्चालन गर्दैछन् । यद्यपि देशव्यापी रुपमा लामो दुरीका सवारी साधन भने भदौ १ गतेदेखिमात्रै सञ्चालनका लागि सरकारले अनुमति दिएको छ ।

सरकारले सपिङ्ग मल, पार्क, रेस्टुरेन्ट, होटललगायतलाई निश्चित मापदण्ड पुरा गरेर सञ्चालनमा ल्याउन अनुमति दिएको भएपनि विद्यालय, क्याम्पस, स्वीमिङ्ग पुल, सिनेमा घर, थियटरलगायतलाई भने भदौ १ अघि सञ्चालनको अनुमति दिएको छैन । विद्यालयहरुले भने भर्ना लिनसक्ने गरी सरकारले अनुमति दिएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण घट्दै गएको र लामो समयको लकडाउनले मानसिमा मनोबैज्ञानिक त्रास कायम गरेको भन्दै सरकारले लकडाउन हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । सरकारले आगामी भदौ १ गतेदेखि लागूहुने गरी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ भने आन्तरिक तथा बाह्य उडानहरुलाई पनि भदौ १ गतेदेखि नै सञ्चालनको अनुमति दिइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...

पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै  ठूलो दुर्घटना पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...

Top