आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान

Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार


२२ जुलाई, २०२०
काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनसक्ने भन्दै देशभर जारी गरेको लकडाउन आज बुधबारबाट औपचारिक रुपमा हटेको घोषणा गरेको छ । सरकारले गएराति १२ बजेबाट लागू हुने गरी लकडाउन खुल्ला गरेसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । लकडाउन हटेसँगै देशैभर छोटो दुरीका गाडीहरु सञ्चालन शुरु भएको छ ।

एउटा जिल्लाभित्र यसअघि जोर विजोरको आधारमा सवारी साधन सञ्चालन हुँदै आएको थियो । तर सरकारले आज रातिबाट लकडाउन खुल्ला गरेसँगै काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा रात्रिकालीन ट्याक्सी तथा अन्य भाडाका गाडीहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुल्ला भएसँगै सकरारी कार्यालयहरुले पनि निश्चित मापदण्ड पुरा गरेर आजैबाट नियमित र पूर्ववत रुपमा सरकारी सेवा शुरु गर्ने भएका छन् ।

यसअघि कोरोनाको त्रास बढेको भन्दै सरकारी कार्यालयहरुको कामकाज २ वटा सत्रमा सञ्चालन हुँदै आएको थियो । सरकारले यदपि सरकारले सुरक्षा जोखिम कायम रहेको भन्दै विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गरी माक्स लगाउन र सामाजिक दुरी कायम गर्न सबैलाई आग्रह गरेको छ । यस्तै निरन्तर रुपमा सावुन पानीले हात हुने र स्यानिटाइजर लगाउन पनि सरकारले भनेको छ । सरकारको यो निर्णयसँगै यातयात व्यवसायीहरुले पनि भोलिबाटै सवारी साधन सञ्चालन गर्दैछन् । यद्यपि देशव्यापी रुपमा लामो दुरीका सवारी साधन भने भदौ १ गतेदेखिमात्रै सञ्चालनका लागि सरकारले अनुमति दिएको छ ।

सरकारले सपिङ्ग मल, पार्क, रेस्टुरेन्ट, होटललगायतलाई निश्चित मापदण्ड पुरा गरेर सञ्चालनमा ल्याउन अनुमति दिएको भएपनि विद्यालय, क्याम्पस, स्वीमिङ्ग पुल, सिनेमा घर, थियटरलगायतलाई भने भदौ १ अघि सञ्चालनको अनुमति दिएको छैन । विद्यालयहरुले भने भर्ना लिनसक्ने गरी सरकारले अनुमति दिएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण घट्दै गएको र लामो समयको लकडाउनले मानसिमा मनोबैज्ञानिक त्रास कायम गरेको भन्दै सरकारले लकडाउन हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । सरकारले आगामी भदौ १ गतेदेखि लागूहुने गरी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ भने आन्तरिक तथा बाह्य उडानहरुलाई पनि भदौ १ गतेदेखि नै सञ्चालनको अनुमति दिइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...

Top