Best Khabar Team | २०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१
जाकर्ता, इन्डोनेसिया ।
इन्डानेसियामा आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ दर्जन नाघेको छ । स्थानीय पालोपो शहरको सिलिबेस नामकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म ४८ जनाको ज्यान गै सकेको अधिकारीहरुले पुष्टि गरेका छन् । ६ दशमलव २ रेक्टर स्केलको सो भूकम्पका कारण पोपोलो शहरका दर्जनौ घरहरु भत्किएका छन् ।

भूकम्पमा परी घाइते भएकहरुलाई स्थानीय अस्पतालहरुमा उपचारार्थ भर्ना गरिएको छ । स्थानीय समय अनुसार बिहान सबेरै सो भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म झण्डै ९ सयको हाराहारीमा स्थानीय बासिन्दाहरु घाइते भएका छन् । विशेष गरी भूकम्पका कारण स्थानीय मामुजु र माजिने जिल्लाका ठूलो क्षेति पुगेको छ । ती जिल्लामा घर तथा अन्य भौतिक संरचनाहरुमा भूकम्पले ठूलो क्षति पु¥याएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी नागरिकहरु विस्थापित भएको अधिकारीहरुले बताएका छन् । भूकम्पले केही अस्पताल तथा २५ भन्दा बढी विद्यालयहरुलाई क्षति पु-याएको छन् ।
भूकम्पलगत्तै बन्द भएका विद्यूत तथा खानेपानी सेवा १० घण्टापछि सुचारु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परी घाइते भएकाहरुको उद्दार तथा भग्नावषेशमा फसेकाहरुको उद्दारका लागि प्रहरी, सेना तथा स्थानीय वासिन्दाहरुले निरन्तर प्रयास जारी राखेको बताइएको छ । भूकम्पका जोखिममा रहेका तथा घर भत्किएर खुल्ला आकाशमा शाहारा लिएर बसेकाहरुलाई विभिन्न स्वयंसेवी संस्था तथा सरकारी तबरबाट खाद्यान्न वितरण गरिएको छ ।

साथै उनीहरुलाई सुत्नका लागि दर्जनैं स्थानमा अस्थायी टेन्टहरु खडा गरिएको छ । इन्डोनेसियामा सन् २००४ यता पटक पटक आएका भूकम्पमा परी सयौंको ज्यान गै सकेको छ । भूकम्पपछि आएको सुनामीका कारण पनि कयौंको ज्यान जाने गरेको छ । तर यसपटक भूकम्पपछि सुनामी आउने सम्भावना कम रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...
आप्रबासीको हितमा इटली सरकारको महत्वपूर्ण निर्णय : करिब ५ लाख अबैध कामदार प्रक्रियागतरुपमा बैध हुँदै (प्रक्रियासहित)
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०रोम । अन्ततः लामो समयको छलफल पछि...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी
२०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...
Top