तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी तथा फलफूलहरु नष्ट गरिएको घटना सार्वजनिक भै रहँदा कृषि तथा पशुपन्छी मन्त्रालयले यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आज विज्ञप्ति निकालेर कृषकको मनोबल खस्कने यस्ता कार्य नर्गन नगराउन सबैको ध्यानाकर्षण गराएको छ ।

किसानहरुले दुःख गरेर आर्जन गरेको कृषि सामग्रीहरु नष्ट गरिँदा कृषिउपज खेर जाने तथा भोलिका दिनमा फेरि आयातमै भर पर्नुपर्ने भएकाले बेलैमा यस्ता कार्य रोक्न मन्त्रालयले आग्रह गरेको छ । भोलिका दिनमा यस्ता गतिविधि नदोहोरियोस् भन्नेतर्फ सबै निकायलाई बेलैमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले यसअघि नै कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी र विक्री वितरणका कामहरु सूचारु गर्न सम्बन्धित निकायलाई आफूहरुले आग्रह गरेको विषयलाई पनि पुनः स्मरण गराएको छ । विज्ञप्तिमा निर्वाध रुपमा कृषि उपज, तरकारी तथा पशुपन्छीजन्य बस्तुको नियमअनुसार विक्रीवितरण गराउन सबैलाई आग्रह समेत गरेको छ ।

कोरोना रोगको संक्रमण फैलने भन्दै स्थानीय जनप्रतिनिधिहरुकै संलग्नतामा कास्कीको पोखरालगायत देशका पश्चिमी क्षेत्रका केही स्थानमा किसानले उत्पादन गरेको तरकारीहरु खाल्डो खनेर गाडिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध हुँदै आएको छ । चिकित्सकहरुले पनि राम्ररी धोइ पखाली गरी पकाएर खाने तरकारीमा कोरोना नसर्ने बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

२०८० आश्विन २९ गते सोमबार

१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...

नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै

२०७६ पुष ५ गते शनिबार

२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...

हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

२०७६ माघ ६ गते सोमबार

२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...

भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...

Top