रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने गरी यही जेठ १० गते रुकुमको चौरजहारीमा भएको घटनामा संलग्न एकै गाउँका ३४ जना विरुद्ध आज मुद्दा दायर भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोती गाउँका ३४ जना विरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला अदालत रुकुममा गरिएको सो मुद्दाको भोलिदेखि नै थुनछेक बहस शुरु हुने जिल्ला अदालतका श्रेस्तेदारले बताएका छन् ।

दलित युवक आफ्ना साथीसहित उनकी केटी साथिलाई लिन जाजरकोटबाट सोतीमा आउँदा १० साँझ स्थानीयले आक्रमण गर्दा ६ जना भेरी नदीमा वेपत्ता भएका थिए । वेपत्ता भएका जाजरकोटका नवराज विक (सोतीकी मल्ल थरकी युवतीका केटासाथी) सहित ६ जनाको शव भेरी नदीका विभिन्न भागमा फेला परेपछि प्रहरीले घटनाको बारेमा विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सो घटनामा जाजरकोट भेरीका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । आज मुद्दा दर्ता गरिएकालाई ज्यानमार्ने उद्योगमा हदैसम्मको कारबारही गर्न माग गरिएको छ । यस्तै उनीहरुलाई जातिय भेदभावको कसुरसमेतमा कारबाही गर्न र जन्मकैदको माग गरिएको छ । मुद्दा दर्ता गरिएकामा २ जना भने कानुनी रुपमा नाबालक रहेको बताइएको छ ।

प्रहरीले स्थानीय वासिन्दाहरु डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुनको विरुद्ध मुद्दा दायर गरेको हो । यस्तै सो गाउँकी नवराजकी केटी साथी मल्ल थरकी युवती, उनका बुबा आमा, दाइ, एक जना नाबालकको विरुद्ध पनि मुद्दा दर्ता गराएको छ । सोही घटनामा संलग्न स्थानीय इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ललाई पनि प्रहरीले जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो । ६ जना युवकको हत्यामा संलग्न रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्लका विरुद्द पनि मुद्दा दायर भएको छ । मुद्दा दायर गरिकामध्ये स्थानीय लोकेन्द्र घर्ती तुलाराम घर्ती, डिल्ली घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने फरार रहेको र उनीहरुको खोजी भै रहेको प्रहरीको भनाई छ ।

सो घटनामा संलग्न भनिएका २९ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ भने ६ जना फरार रहेका छन् । प्रहरीले स्थानीय वासिन्दाहरु डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुनको विरुद्ध मुद्दा दायर गरेको हो । यस्तै सो गाउँकी नवराजकी केटी साथी मल्ल थरकी युवती, उनका बुबा आमा, दाइ, एक जना नाबालकको विरुद्ध पनि मुद्दा दर्ता गराएको छ । सोही घटनामा संलग्न स्थानीय इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ललाई पनि प्रहरीले जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

६ जना युवकको हत्यामा संलग्न रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्लका विरुद्द पनि मुद्दा दायर भएको छ । मुद्दा दायर गरिकामध्ये स्थानीय लोकेन्द्र घर्ती तुलाराम घर्ती, डिल्ली घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने फरार रहेको र उनीहरुको खोजी भै रहेको प्रहरीको भनाई छ ।

प्रहरीले गाँउलेकै कुटाईबाट उनीहरुको मृत्यु भएको निष्कर्षसहित आज जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरी स्रोतको भनाई छ । प्रहरीले गाउँलेले लखेटेर उनीहरुलाई भेरी नदीमा पु-याएको र त्यसपछि माथिबाट ढुंगाले हानेर नदीभित्रै उनीहरुको गरेको निष्कर्षसहित ३४ जना विरुद्ध कर्तव्यज्यान मुद्दामा कारबाही गर्न माग गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...

इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न  सरकारको आदेश इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश

२०७६ फाल्गुन २७ गते मंगलबार

१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा...

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर) यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...

Top