यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार


०९ मार्च, २०२०
दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र अष्ट्रेलियामा गरी हालसम्म विश्वभर रहेका तीन जना नेपालीमा नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको पुष्टि भएको छ । यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार त्यहाँ हालसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

जसमा २ जना नेपाली रहेका छन् । उनीहरु कामका लागि त्यहाँ पुगेका नेपालीहरु भएको र कोरोनाको संक्रमण देखिन वित्तिकै आइसोलेसनमा राखेर उपचार थालिएको छ । अन्य संक्रमितमा भारत, बंगलादेश, रुस, इटली र यूएईकै नागरिकहरु रहेको बताइएको छ । कोरोना संक्रमित नेपालीहरुको परिचय खुलाईको छैन । यसैबीच अष्ट्रोलियामा पनि एक नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

अष्टेलियाको तास्मानिया शहर ।

स्थानीय तास्मानिया राज्यको होबार्टमा बस्दै आएका नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण भेटिएको छ । उनलाई अहिले क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । उनीसँगै सम्पर्कमा रहेका अरु ४ जनालाई पनि चिकित्सकहरुको निगरानीमा राखेर उपचार अघि बढाईको छ । उनको अवस्था सामान्य रहेको छ । उनी केही समयअघि नेपालबाट अष्ट्रेलिया पुगेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...

मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको...

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा  (नामावलीसहित) धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...

Top