Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र अष्ट्रेलियामा गरी हालसम्म विश्वभर रहेका तीन जना नेपालीमा नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको पुष्टि भएको छ । यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार त्यहाँ हालसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
जसमा २ जना नेपाली रहेका छन् । उनीहरु कामका लागि त्यहाँ पुगेका नेपालीहरु भएको र कोरोनाको संक्रमण देखिन वित्तिकै आइसोलेसनमा राखेर उपचार थालिएको छ । अन्य संक्रमितमा भारत, बंगलादेश, रुस, इटली र यूएईकै नागरिकहरु रहेको बताइएको छ । कोरोना संक्रमित नेपालीहरुको परिचय खुलाईको छैन । यसैबीच अष्ट्रोलियामा पनि एक नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

स्थानीय तास्मानिया राज्यको होबार्टमा बस्दै आएका नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण भेटिएको छ । उनलाई अहिले क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । उनीसँगै सम्पर्कमा रहेका अरु ४ जनालाई पनि चिकित्सकहरुको निगरानीमा राखेर उपचार अघि बढाईको छ । उनको अवस्था सामान्य रहेको छ । उनी केही समयअघि नेपालबाट अष्ट्रेलिया पुगेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो
२०७७ भाद्र ६ गते शनिबार
२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...
लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
Top