Best Khabar Team | २०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०
धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै विगत ६ महिनादेखि बन्द रहेको नेपाल चीन सीमावर्ती क्षेत्र रसुवाको रसुवागढी नाका आजबाट सञ्चालनमा आएको छ । कोरोना संक्रमण फैलिएपछि चीनले नेपाल भारत सीमावर्ती नाका अनिश्चितकालका लागि बन्द गरिदिएको थियो । तर पछिल्ला दिनहरुमा चीनमा कोरोना संक्रमण एकदमै न्यून बन्दै गएपछि दैनिक उपभोग्य तथा अन्य अत्यावश्यकीय सामानहरु ल्याउनका लागि चीनले एकतर्फी रुपमा रसुवागढी नाका सञ्चालनमा ल्याएको हो ।

यद्यपि नेपालबाट भने मालबाहक गाडीहरु तत्काल चीन प्रवेश गर्न पाउने छैनन् । नेपालमा अहिले पनि कोरोना संक्रमण दैनिक बढ्दो क्रममा रहेका कारण नेपाललाई चाहिने अत्यावश्यक सामग्री तथा अन्य औषधीजन्य सामग्री आयात गर्नका लागि चीनले रसुवागढी नाका एकतर्फीरुपमा सञ्चालनमा ल्याएको हो । यही क्रममा आज चीनबाट आएका केही कन्टेनर सामान रसुवागढी नाकाको नेपाली भूभागतर्फ आइपुगेको छ । सो सामाग्री विशेष गरी स्वास्थ्य सुरक्षासम्बन्धी तथा गार्मेन्टका सामान भएको बताइएको छ ।
यो नाका सञ्चालनमा आएसँगै अब कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री ल्याउनका निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । तत्कालका लागि चीनबाट मात्रै सामान ल्याउन बाटो खुल्ला हुने छ । तर मानिसहरु आउजाउ गर्न तथा नेपालबाट सामान पठाउनका लागि भने नेपालमा कोरोना पूर्णपमा नियन्त्रणमा आएपछि मात्रै सम्भव हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
दुई सांसदसहित पूर्व प्रहरी महानिरीक्षक विरुद्ध अपहरणको उजुरी दर्ता
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहित बहालवाला...
पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...
Top