अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । उनले आज विशेष अदालत काठमाडौंमा ७८ लाख रुपैयाँ धरौटी रकम बुझाउने कबुल गरेसँगै उनी तारेखमा रिहा भएका हुन् ।

फाइल तस्वीर : विशेष अदालत काठमाडौं

उनको धरौटी रकमका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेको छ । विशेष अदालतमा आज पाठकको मुद्दामा भएको थुनछेकको बहसमा अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासले धरौटी रकम मागेका हुन् । केही समय अघि ७८ लाख रुपैयाँ घुस लिई नेपाल इन्जिनियरिङ्ग क्याम्पसको जग्गा विवाद सुल्झाइदिने भन्दै अख्तियार प्रमुख पाठकले बोलेको भिडियो सार्वजनिक भएपछि अख्तियारले नै उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकलाई अख्तियार प्रमुखको जिम्मेवारीबाट हटाईएको थियो । उनीमाथि परेको मुद्दाको थुनछेक बहसका लागि पाठकलाई आज विशेष अदालतमा उपस्थित गराइएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

२०७६ जेठ २० गते सोमबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

२०७७ माघ ८ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...

Top