अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । उनले आज विशेष अदालत काठमाडौंमा ७८ लाख रुपैयाँ धरौटी रकम बुझाउने कबुल गरेसँगै उनी तारेखमा रिहा भएका हुन् ।

फाइल तस्वीर : विशेष अदालत काठमाडौं

उनको धरौटी रकमका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेको छ । विशेष अदालतमा आज पाठकको मुद्दामा भएको थुनछेकको बहसमा अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासले धरौटी रकम मागेका हुन् । केही समय अघि ७८ लाख रुपैयाँ घुस लिई नेपाल इन्जिनियरिङ्ग क्याम्पसको जग्गा विवाद सुल्झाइदिने भन्दै अख्तियार प्रमुख पाठकले बोलेको भिडियो सार्वजनिक भएपछि अख्तियारले नै उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकलाई अख्तियार प्रमुखको जिम्मेवारीबाट हटाईएको थियो । उनीमाथि परेको मुद्दाको थुनछेक बहसका लागि पाठकलाई आज विशेष अदालतमा उपस्थित गराइएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...

झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो

२०७७ भाद्र १५ गते सोमबार

३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

Top