Best Khabar Team | २०८१ असार ३० गते आइतबार
१४ जुलाई, २०२४ न्यूर्योक, अमेरिका । गोली लागि घाइते अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चुनावी -यालीलाई सम्बोधनका क्रममा भएको सभामा अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनिया राज्यमा पूर्वरापष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । गोली ट्रम्पको दाहिने कानमा लागेको बताइएपनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरुले मञ्चमा रहेका पूर्वराष्ट्रपति ट्रम्पको अनुहारको दाहिने कान छेउबाट रगत बगिरहेको तस्वीरहरु सार्वजनिक गरेका छन् । त्यस क्रममा गोली प्रहार गर्ने २० वर्षीय युवक प्रहरी कारबाहीमा मारिएका छन् । घटनालगत्तै प्रहरीले ट्रम्पलाई नजिकैको अस्पतालमा लगेको थियो । ट्रम्पको अवस्था सामान्य रहेको अस्पतालको भनाई उद्दृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी केही घण्टाको अस्पताल बसाईपछि डिस्चार्ज भएको रोयटर्सले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी पुनः चुनावी अभियानमा सक्रिय रहेको बताइएको छ ।
अमेरिकामा आगामी नोभेम्बर महिनाका हुने राष्ट्रपति चुनावका लागि निर्वातमान राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । ट्रम्पले रिपब्लिकनका तर्फबाट प्रतिनिधित्व गर्नेछन् भने डेमोक्रेट उम्मेद्वारको रुपमा बाइडन चुनावी मैदानमा भिड्दैछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...
विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज
२०७५ चैत्र ९ गते शनिबार
२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि
२०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...
Top