Best Khabar Team | २०८१ असार ३० गते आइतबार
१४ जुलाई, २०२४ न्यूर्योक, अमेरिका । गोली लागि घाइते अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चुनावी -यालीलाई सम्बोधनका क्रममा भएको सभामा अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनिया राज्यमा पूर्वरापष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । गोली ट्रम्पको दाहिने कानमा लागेको बताइएपनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरुले मञ्चमा रहेका पूर्वराष्ट्रपति ट्रम्पको अनुहारको दाहिने कान छेउबाट रगत बगिरहेको तस्वीरहरु सार्वजनिक गरेका छन् । त्यस क्रममा गोली प्रहार गर्ने २० वर्षीय युवक प्रहरी कारबाहीमा मारिएका छन् । घटनालगत्तै प्रहरीले ट्रम्पलाई नजिकैको अस्पतालमा लगेको थियो । ट्रम्पको अवस्था सामान्य रहेको अस्पतालको भनाई उद्दृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी केही घण्टाको अस्पताल बसाईपछि डिस्चार्ज भएको रोयटर्सले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी पुनः चुनावी अभियानमा सक्रिय रहेको बताइएको छ ।
अमेरिकामा आगामी नोभेम्बर महिनाका हुने राष्ट्रपति चुनावका लागि निर्वातमान राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । ट्रम्पले रिपब्लिकनका तर्फबाट प्रतिनिधित्व गर्नेछन् भने डेमोक्रेट उम्मेद्वारको रुपमा बाइडन चुनावी मैदानमा भिड्दैछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...
‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि
२०७७ भाद्र १६ गते मंगलबार
०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...
हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...
देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...
Top