Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको प्रवेशद्वारामा शुक्रबार अपरान्ह एउटा अनौठो दृश्य देखियो । लकडाउनका कारण सिँगो देश ठप्पप्रायः बनेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारमा भने अवस्था त्यस्तो थिएन । झण्डै एकदर्जन बढी सुरक्षाकर्मी सिंहदबारको गेटमा तैनाथ देखिन्थे । छिटफुट गाडीहरु सिंहदबार प्रवेश गर्दै गरेका देखिन्थे, त्यो पनि सुरक्षाकर्मीको कडा चेकजाँच पछि मात्रै ।
यसैपनि व्यापक सुरक्षा चेकजाँचपछि पास लिएर वा मान्यताप्राप्त परिचय पत्र बोकेर कडा सुरक्षा घेरा पार गरेपछिमात्रै सिंहदबार प्रवेश गर्न पाइन्छ । त्यसमा अहिलेको विश्वव्यापी कोरोनाको प्रकोप अनि लाकडाउन । झण्डै ४ दर्जन चिनियाँ नागरिक शुक्रबार सिंहदबार प्रवेश गर्ने सोचका साथ सिंहदबारको दक्षिण गेटमा पुगेका थिए ।
तर त्यहाँ सुरक्षामा रहेका प्रहरीले उनीहरुलाई प्रवेश गराउन नसकिने बतायो । त्यसपछि सुरक्षामा खटिएका प्रहरी र चिनियाँ नागरिकबीच भनाभन भयो । पनि विवाद बढ्दै गएपछि प्रहरी र उनीहरुबीच झडप नै भयो । प्रहरीले उनीहरुमाथि बल नै प्रयोग गरेको छ । केही समय अघि ती चिनियाँ नागरिकले घर फर्कन पाउनुपर्ने माग गर्दै राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा धर्ना दिएका थिए । तर उनीहरुको मागको सुनुवाई नभएपछि उनीहरु आज मुलुकको प्रमुख प्रशासनीय निकायमा आफूहरुको माग सुनुवाईका लागि गएका थिए ।
तर मुलगेटबाटै प्रवेश गर्न पाएनन् । फलस्वरुप झडपको अवस्था सिर्जना भयो । हाल सिंहदबारको गेटबाट ३८ जना चिनियाँ नागरिकलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौ पु-याइएको छ । उनीहरुले जर्वजस्ती रुपमा सिंहदबार प्रवेश गर्न खोजेको र त्यसलाई रोक्न खोज्दा झडपमा उत्रिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । झडपमा परी केही चिनिया नागरिक र सिंहदरबार प्रहरी वृत्तका डिएसपी हरि बस्नेत घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते आइतबार
१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...
Top