‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

Best Khabar Team | २०७७ भाद्र १६ गते मंगलबार


०१ सेप्टेम्बर, २०२०
काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल (केन्द्रीय कारागार) मा रहेका तीनजना कैदीबन्दीको मृत्यु भएको छ । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । मृतक ६०, ६४ र ४० वर्षका तीन जना पुरुष रहेका छन् । मृतक ३ जनामध्ये १ जना अर्थात् ४० वर्षका पुरुषको काठमाडौंको मेघा अस्पतालका उपचारको क्रममा निधन भएको हो ।

उनका कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको हिजोराति अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ । मृतक तिनैजना विरामी रहेको र एक जनाको कोरोनाको रिपोर्टका लागि स्वाब ल्याबमा पठाइएको छ भने अर्का एकजनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरु विभिन्न रोगबाट पीडित रहेको बताइएको छ ।

मृतकमध्ये एकजनाको मृत्यु भने दीर्घरोग तथा कोरोना संक्रमणबाटै भएको पुष्टि भएपनि अर्का दुईजनाको भने मृत्युको कारण खुल्न सकेको छैन । हालसम्म सेन्टर जेलका ५० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागारको सुरक्षामा खटिएका केही प्रहरीमा समेत कोरोना देखिएको र उनीहरुलाई अहिले आइसोलेसनमा राखेर उपचार गरिँदै छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

२०७७ चैत्र ११ गते बुधबार

२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...

‘छक्कापञ्जा-४’ आउँदै :  निमार्ण दिपकराज गिरीले गर्ने ‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

२०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...

Top