Best Khabar Team | २०७७ भाद्र १६ गते मंगलबार
०१ सेप्टेम्बर, २०२०
काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल (केन्द्रीय कारागार) मा रहेका तीनजना कैदीबन्दीको मृत्यु भएको छ । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । मृतक ६०, ६४ र ४० वर्षका तीन जना पुरुष रहेका छन् । मृतक ३ जनामध्ये १ जना अर्थात् ४० वर्षका पुरुषको काठमाडौंको मेघा अस्पतालका उपचारको क्रममा निधन भएको हो ।

उनका कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको हिजोराति अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ । मृतक तिनैजना विरामी रहेको र एक जनाको कोरोनाको रिपोर्टका लागि स्वाब ल्याबमा पठाइएको छ भने अर्का एकजनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरु विभिन्न रोगबाट पीडित रहेको बताइएको छ ।
मृतकमध्ये एकजनाको मृत्यु भने दीर्घरोग तथा कोरोना संक्रमणबाटै भएको पुष्टि भएपनि अर्का दुईजनाको भने मृत्युको कारण खुल्न सकेको छैन । हालसम्म सेन्टर जेलका ५० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागारको सुरक्षामा खटिएका केही प्रहरीमा समेत कोरोना देखिएको र उनीहरुलाई अहिले आइसोलेसनमा राखेर उपचार गरिँदै छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी
२०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...
घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
Top