अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

Best Khabar Team | २०७६ असार ५ गते बिहिबार


२० जुन, २०१९
वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिका र चीनबीच देखिएको व्यापार विवादलाई मत्थर गर्न दुई देशका राष्ट्रप्रमुख तहमा छलफल हुन लागेको छ । अमेरिकाले चिनियाँ उपकरणमाथि लगाएको प्रतिबन्ध र त्यसबाट उत्पन्न परिस्थितिले दुई देशका राष्ट्रपतिलाई वार्ताको टेलबमा बस्न बाध्य बनाएको हो ।

यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन मा कुराकानी भएको छ । सो क्रममा दुईदेशबीच उत्पन्न व्यापार विवादलाई हटाउने विषयमा छलफल भएको बताइएको छ । यसका साथै आगामी साता जापानमा हुने जी २० राष्ट्रको सम्मेलनका बेला दुई देशबीच यो विषयमा थप छलफल हुने सहमति भएको छ । चिनियाँ समकक्षीसँग टेलिफोन वार्ता भएको र हुवावेलगायतका विषयमा देखिएको विवादका विषयमा आगामी साता जापानको ओसाकामा हुने जी २० सम्मेनमा थप छलफल हुने सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

तस्वीर साभार : गुगल डटकम

हाल अमेरिकाले चिनियाँ निजी इलोक्ट्रोलिक कम्पनी हुवावेका उपकरणका कारण राष्ट्रिय सुरक्षा सम्बन्धी महत्वपूर्ण सामग्रीहरु चुहिएको आशंका गर्दै हुवावेका उपकरण आयात तथा प्रयोगमा रोक लगाएको छ । चीनले भने यो आशंकाको खण्डन गरेको छ । विवादकै बीच दुई देशले अर्काका देशबाट हुने आयातमा भन्सार शुल्क बढाउँदै लगेका छन्।

अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबारका सामानमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ भने चीनले अमेरिकाबाट आयात हुने ११० अर्ब बराबरका सामानमा भन्सार २५ प्रतिशत भन्सार शुल्क लगाएको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित) लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...

Top