Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९
वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिका र चीनबीच देखिएको व्यापार विवादलाई मत्थर गर्न दुई देशका राष्ट्रप्रमुख तहमा छलफल हुन लागेको छ । अमेरिकाले चिनियाँ उपकरणमाथि लगाएको प्रतिबन्ध र त्यसबाट उत्पन्न परिस्थितिले दुई देशका राष्ट्रपतिलाई वार्ताको टेलबमा बस्न बाध्य बनाएको हो ।
यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन मा कुराकानी भएको छ । सो क्रममा दुईदेशबीच उत्पन्न व्यापार विवादलाई हटाउने विषयमा छलफल भएको बताइएको छ । यसका साथै आगामी साता जापानमा हुने जी २० राष्ट्रको सम्मेलनका बेला दुई देशबीच यो विषयमा थप छलफल हुने सहमति भएको छ । चिनियाँ समकक्षीसँग टेलिफोन वार्ता भएको र हुवावेलगायतका विषयमा देखिएको विवादका विषयमा आगामी साता जापानको ओसाकामा हुने जी २० सम्मेनमा थप छलफल हुने सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

हाल अमेरिकाले चिनियाँ निजी इलोक्ट्रोलिक कम्पनी हुवावेका उपकरणका कारण राष्ट्रिय सुरक्षा सम्बन्धी महत्वपूर्ण सामग्रीहरु चुहिएको आशंका गर्दै हुवावेका उपकरण आयात तथा प्रयोगमा रोक लगाएको छ । चीनले भने यो आशंकाको खण्डन गरेको छ । विवादकै बीच दुई देशले अर्काका देशबाट हुने आयातमा भन्सार शुल्क बढाउँदै लगेका छन्।
अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबारका सामानमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ भने चीनले अमेरिकाबाट आयात हुने ११० अर्ब बराबरका सामानमा भन्सार २५ प्रतिशत भन्सार शुल्क लगाएको घोषणा गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु
२०८२ श्रावण ८ गते बिहिबार
बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...
Top